close

ह्याक गर्नै नसकिने स्मार्टफोन बनाउँदै कास्परस्काई

टेकपाना टेकपाना

मंसिर २३, २०७७ १८:११

ह्याक गर्नै नसकिने स्मार्टफोन बनाउँदै कास्परस्काई

काठमाडौं । साइबर सेक्युरिटी कम्पनी कास्परस्काईले साइबर हमलाबाट सुरक्षित रहने फोन निर्माण गर्ने भएको छ । कम्पनीले आफ्नै अपरेटिङ सिस्टममा ‍निर्माण गर्ने उक्त फोन ह्याक नहुने कास्परस्काई ल्याबका प्रमुख इयुगिनी कास्परस्काईले दाबी गरेका छन् । 

यो स्मार्टफोनमा आफ्नै ब्राउजर र स्ट्याण्डर्ड एप्लिकेसन सेटसहितको न्युनतम फंसनालिटिज हुनेछ । यसमा एन्ड्रोइड र आईओएस दुवैको मिनिमम फंसनालिटी र स्वरुप हुने, तर यसले अन्य किसिमका विशेष काम भने गर्न नसक्ने प्रमुख इयुगिनीले बताए । 

यो फोनबाट कल, एसएमएस भने गर्न सकिन्छ । यसको आफ्नै अफिस स्विट हुनेछ भने अलार्म, क्ल्याल्कुलेटर जस्ता आधारभूत एप्लिकेसन पनि हुनेछन् । 

उनका अनुसार कास्परस्काईले भविष्यमा आफ्नै एप्लिकेसन स्टोर समेत सार्वजनिक गर्ने योजना बनाएको छ । कास्परस्काईले आफ्नो अपरेटिङ सिस्टममा आधारित स्मार्टफोन सन् २०२१ मा सार्वजनिक गर्ने बताएको छ ।

फोनलाई भने चिनियाँ निर्माणकर्ताले निर्माण गर्ने बताइएको छ । तर हालसम्म नाम भने सार्वजनिक भएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०