close

जिओनीले सार्वजनिक गर्‍यो सस्तो मूल्यमा ८ जीबी र्‍याम भएको स्मार्टफोन के ३० प्रो

टेकपाना टेकपाना

मंसिर २३, २०७७ २१:४४

जिओनीले सार्वजनिक गर्‍यो सस्तो मूल्यमा ८ जीबी र्‍याम भएको स्मार्टफोन के ३० प्रो

काठमाडौं । स्मार्टफोन कम्पनी जिओनीले बजारमा आफ्नो पकड पुनः मजबूत बनाउने उद्देश्यका साथ नयाँ नयाँ स्मार्टफोन सार्वजनिक गरिरहेको छ । यसै शिलशिलामा कम्पनीले जिओनी के ३० प्रो सार्वजनिक गरेको छ ।

जिओनीले यो फोन हाललाई चीनमा सार्वजनिक गरेको हो । आउने केही समयमा यो फोन नेपालमा समेत सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

फोन ६ जीबी तथा ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेजका साथ बजारमा आएको छ । चीनमा यसको मूल्य ६९९ युआन अर्थात १२ हजार ६०० रुपैयाँ रहेको छ ।

यस्तो छ फिचरः यो फोनमा ७२० बाई १५२० पिक्सेल रेजोलुसन भएको ६.५३ इन्चको एचडी प्लस एलसीडी प्यानल दिइएको छ । टियर ड्रप नोचयुक्त डिस्प्ले डिजाइनका साथ आएको यो फोनको तौल २०४.२ ग्राम रहेको छ ।

पछाडि भागमा ग्लास प्यानल राखिएको यो फोनमा मिडियाटेक चिपसेट राखिएको छ । फोटोग्राफीका लागि यो फोनमा एलईडी फ्ल्याशका साथ पछाडि भागमा ३ वटा क्यामेरा दिइएका छन् ।

जसमा १६ मेगापिक्सेलको प्राइमरी क्यामेरा, एक म्याक्रो तथा अर्को १२० डिग्री वाइड एंगल क्यामेरा राखिएको छ । पछाडि भागमा फिंगरप्रिन्ट सेन्सर रहेको यो फोन एन्ड्रोइड ७.१.१ ओएसमा काम गर्दछ ।

जुन चाहिँ अचम्म लाग्दो कुरा छ । किन भने पछिल्लो समय एन्ड्रोइड इलाभेन भर्सनका फोनहरु सिपमेन्ट हुन थालिसकेका छन् ।

फोनमा ४००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । यो फोन निलो, सेतो र कालो रंगमा उपलब्ध हुनेछ ।

एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०