close

फाइभजी स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

टेकपाना टेकपाना

कात्तिक २५, २०७६ ९:३

फाइभजी स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

मोबाइल निर्माता कम्पनी ओप्पोले सन् २०१९को अन्त्यसम्म क्वालकम डुअल-मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । ओप्पोका फाइभजी चिफ साइन्टिस्ट हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम फाइभजी सम्मेलनमा क्वालकमको डुअल मोड फाइभजी स्मार्टफोन सार्वजिनक गर्ने योजना सुनाएका हुन् ।

ओप्पोले गत मे महिनामा स्विट्जरल्याण्डको टेलिकम कम्पनी स्विसकमसँग सहकार्य गर्दै विश्व बजारमा ओप्पो रेनो फाइभजी आधिकारिक रुपमा सार्वजनिक गरेको थियो । जुन युरोपियन बजारमा व्यवसायिक रुपमा उपलब्ध हुने पहिलो फाइभजी ह्याण्डसेट बन्यो ।

विश्वभर फाइभजीको व्यवसायिक प्रयोग बढाउने गरी ओप्पोले एक डर्जनभन्दाबढी दूरसञ्चार सेवाप्रदायकहरूसँग सक्रियरुपमा सहकार्य गरिरहेको छ । आउने दिनमा ओप्पोले थप फाइभजी उत्पादनहरू विश्वबजारमा ल्याउने योजना बनाएको छ । २०१९ को सेप्टेम्बरसम्म ओप्पोले दुई हजार पाँच सयभन्दा बढी भाइजी प्याटेन्ट आफ्नो नाममा दर्ता गराइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०