close

फेसबुक विरुद्ध ४६ राज्यले दायर गरे ‘एन्टी ट्रस्ट’को मुद्दा

टेकपाना टेकपाना

मंसिर २५, २०७७ २०:९

फेसबुक विरुद्ध ४६ राज्यले दायर गरे ‘एन्टी ट्रस्ट’को मुद्दा

काठमाडौं । अमेरिकाका ४६ वटा राज्यहरुले फेसबुकविरुद्ध बुधबार एन्टी ट्रस्टको मुद्दा दायर गरेको छन् । फेसबुकले प्रतिस्पर्धीहरुलाई दबाएर एकाधिकारपूर्ण व्यवसायिक अभ्यास गरेको भन्दै ती राज्यहरुले यस्तो मुद्दा चलाएका हुन् ।  

ग्याम भूभाग र कोलम्बिया जिल्लाका ४६ राज्यका ४८ जना महान्याधिवक्ताहरुले फेसबुक बिरुद्ध मुद्दा दायर गरेका छन् । दक्षिण डकोटा, दक्षिण क्यारोलिना, अलाबामा र जर्जियाको भने सो मूद्दामा सहभागिता छैन । 

फेसबुकको सुरुवातदेखि नै उसको इतिहासलाई निरीक्षण गर्दै आएको उक्त मुद्दामा फेसबुकले आफ्नो बजार सुरक्षित राख्न प्रतिस्पर्धीहरुलाई शिकारीले जस्तै अवैधानिक तरिकाले अधिग्रहरण गर्ने गरेको आरोप छ । मुद्दामा ह्वाट्सएप र इन्स्टाग्राम अधिग्रहरणको उदाहरणलाई समावेश गरिएको छ । 

अमेरिकाको जिल्ला अदालतमा दर्ता भएको सो मुद्दामा ती राज्यहरुले भावी दिनमा फेसबुकलाई एक करोड डलर वा त्यसभन्दा माथिको अधिग्रहरण गर्दा ४६ वटै राज्यलाई पूर्व जानकारी गराउन माग गरेका छन् । 

साथै ती राज्यहरुले अवैधानिक रुपमा अधिग्रहरण भएका कम्पनी, फेसबुकको सम्पति र विजनेस लाइनको पुनरसंरचना वा लगानी रोक्का गर्ने विषयमा अदालतलाई उपयुक्त लागेको विषयमा निर्णय लिन समेत अपील गरेका छन् ।  

उक्त मुद्दाले प्रतिस्पर्धा दबाउन, अन्वेषण रोक्न र गोपनीता भङ्ग गर्न चाहने कम्पनीहरुका लागि बलियो सन्देश दिएको ती राज्यहरुको विश्वास छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०