close

विद्युतीय उपकरणयुक्त तास सहित एक जना पक्राउ

टेकपाना टेकपाना

कात्तिक २५, २०७६ १६:२५

विद्युतीय  उपकरणयुक्त तास सहित एक जना पक्राउ

महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले विद्युतिय उपकरण जडित तास लगायत विभिन्न उपकरण सहित एक जनालाई प्रक्राउ गरेको छ । प्रहरीले आइतबार साँझ ६ बजे सर्लाही बरहथवा नगरपालिका–९ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ सरणपुर बस्ने ३६ वर्षिय निर बहादुर कार्कीलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाड‌ौं महानगरपालिका–१४ सोल्टी दोबाटोमा बा. ७३ प ५१२२ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा १२ प्याकेट विद्युतिय डिभाडस जडिस तास र ८० हजार नगद सहित प्रक्राउ परेको जनाएको छ । अनुसन्धानको क्रममा प्रहरीले कार्कीको कोठा खानतलासी गर्दा नगद ६ हजार भारतीय रूपैयाँ , मुक्तिनाथ विकास बैंकको ५ लाखको चेक समेत बरामद गरेको छ ।

त्यस्तै कोठामा बैंक अफ काठमाडौंको ६ लाखको चेक, विभिन्न कम्पनीको १५ ओटा मोबाइल, डिभाईस जडिस पर्स, बेल्ट, घडी, चस्मा, कपडाको बाउला र चार बोरा तास फेला परेको बताइएको छ । ४ बोरा तास मध्ये खुल्ला सय बण्डल, जेटीएस ३६१ लेखिएको डिभाइस ५ बट्टा रहेका छन् ।

यसका साथै कोठामा सीभीके लेखिएको डिभाइस २ बट्टा, डीके लेखिएको डिभाइस १ बट्टा, इलेक्ट्रिक चुरोट १ बट्टा, २४ वटा डिभाइस रिमोट, एक डिभाइस जडित एलईडी लाइट समेत फेला परेको छ । साथमा पाँच ओटा डिभाइस जडित हजार रुपैंयाको नोट, एक सय २५ वटा पहेलो रंगको इयरपिस, १० वटा डिभाइस जडित इयरपिस र ५ थान म्याग्नेट पिस रहेका छन्।

चार ओटा चस्मा, डिभाइसको ब्याट्रि एक सय ६८ पिस, डिभाइसको ब्याट्रि एक सय २८ लेखिएको २० बट्टा रहेका छन् । कोठामा एउटा पावर बैंक, ४५ वटा लेन्स, एउटा इलेक्ट्रिक हेल्प वाच, चार वाट ‘को’ लेखिएको इयरपिस, ६ वटा भाइब्रेटर, १२ वटा डिभाइस जडित कालो टिसर्ट, १५ थान डिभाइस जडित सर्ट, मोबाइलको ब्याट्रि ५० वटा समेत बरामद गरेको प्रहरीले जनाएको छ । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०