close

अब अनलाइन रिचार्ज पनि डिशहोमको लक्की ड्रमा, हरेक हप्ता २ जनालाई १/१ लाख नगद

टेकपाना टेकपाना

मंसिर २६, २०७७ ९:४६

अब अनलाइन रिचार्ज पनि डिशहोमको लक्की ड्रमा, हरेक हप्ता २ जनालाई १/१ लाख नगद

काठमाडौं । डिशहोममा डिलर दाइको डिस्काउन्ट योजनो अन्तर्गत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । २०७७ साल मंसिर १२ गते देखि मंसिर १८ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र गरिएको हो ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस वान च्यानल नम्बर १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट गर्ने गरिएको छ । योजना अनुसार दुई जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

यो योजना अन्तर्गत मंसिर १९ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यास आईडी नम्बर ०२५१९२९४६९१ र ७१९१०८१०७६२ बिजेता बन्न सफल भएका छन् । २०७७ साल मंसिर १९ गते शुक्रबारदेखि मंसिर २५ गते बिहीबारसम्म डिशहोमका आधिकारीक बिक्रेतामार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई मंसिर २६ गतेको लाइभ लक्की ड्रमामा समावेश गरिने छ ।

साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै कम्पनीले अब अनलाइन मार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्र्रमा सहभागी गराइएको छ । फण्ड ट्रान्सफरबारे थप जानकारीको लागि देशभर रहेका डिशहोमका बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०