close

१४ बिक्रेतालाई एनसेलको पुरस्कार, यसरी हुन सकिन्छ सामेल

टेकपाना टेकपाना

कात्तिक २५, २०७६ १८:४९

१४ बिक्रेतालाई एनसेलको पुरस्कार, यसरी हुन सकिन्छ सामेल

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत पहिलो चराणमा १४ जनालाई पुरस्कार प्रदान गरेको छ । कम्पनीले पहिलाे चरणमा काठमाडौं र ललितपुर जिल्लाका १४ पोइन्ट अफ सेल्स (पिओएस) तथा खुद्रा बिक्रेतालाई पुरस्कार प्रदान गरिएको हो ।

उनीहरुले सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ मसिन पुरस्कार हात पारेका छन् । सुन प्राप्त गनेमा रिजन डेरी (बसपार्क), ओम साई राम कम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एम.के स्टोर (सतुंगल), डीआर भिजन सेन्टर (ठमेल) र पशुपति इन्टरप्राइजेज (नयाँबजार) रहेका छन् । उनीहरूले योजनाको ‘गोल्ड’ समुह अन्तरगत २४ क्यारेटको १-१ तोला सुन पुरस्कार पाएका हुन् ।

सिल्भर समुह अन्तर्गत चार खुद्रा बिक्रेताले माउन्टेन बाइक साइकल जीतेका छन् । जसमा राना स्टोर (मिलन टोल), एन.बि.टी मोबाइल मर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेशनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स् (इमाडोल) रहेका छन् । त्यस्तै न्यू कन्काई स्टोर (नयाँ बानेश्वर) र सरस्वती खाद्य स्टोर (भैंसेपाटी) ले एक एक थान ल्यापटप जित्न सफल भएका छन् । यसै समुह अन्तरगत दामोदर फ्रेम पसल (बालाजु) ले वासिङ मसिन जितेकाे छ ।

उनीहरूलाई सोमबार विशेष कार्यक्रम आयोजना गरी एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग, क्रिकेट खेलाडी सन्दिप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका छन् ।

एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरूलाई लक्षित गरी गत २०७५ चैत्र १ देखि उक्त योजना सुरु गरेको थियो । यो योजना २०७६ पुस मसान्तसम्म सञ्चालनमा रहनेछ । खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भीएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको आधारमा अंक प्राप्त गरी यस योजनामा सामेल हुन सक्छन् ।

यस योजनाअन्तर्गत खुद्रा बिक्रेताहरूले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समुह मध्ये कुनै एक समुहमा आफुलाई सहभागी गराई कार, युरोप टुर प्याकेज र आइफोन लगायतकाआकर्षक बम्पर उपहार जित्न सक्छन् ।

बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरूले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टीभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वासिङ मेशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरू जित्न सक्ने एनसेलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०