close

नेपालमा तेस्रो वर्ष मनाउँदै भिभो, मोबाइल खरिदमा आकर्षक छुटसँगै उपहार

टेकपाना टेकपाना

मंसिर २७, २०७७ ९:६

नेपालमा तेस्रो वर्ष मनाउँदै भिभो, मोबाइल खरिदमा आकर्षक छुटसँगै उपहार

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनि भिभोले नेपालमा ब्राण्डको तेस्रो वार्षिकोत्सव मनाउँदै छ । यसै अवसरमा कम्पनीले शनिबार वर्षकै ‘बिगेस्ट एनुअल सल्स कार्निभल’ आयोजना गरेकाे छ ।

कार्निभल शनिबारदेखि आउँदो ५ जनवरीसम्म चल्ने कम्पनीले जनाएकाे छ । यो सीमित अवधिमा भिभोका मोबाइलमा भारी छुट प्राप्त गर्न सकिनेछ ।

यसका लागि नजिकैका मोबाइल पस तथा भिभोको आधिकारिक अनलाइन पार्टनर दराजमार्फत ह्याण्डसेट खरिद गर्नुपर्नेछ । मेला अवधिमा भिभो भी १९, भिभो एस वान प्रो र भिभो वाई ट्वेल्भ स्मार्टफोनहरुमा विशेष छुट पाउन सकिने बताइएकाे छ ।

२५ दिनको बिक्री मेला अवधिमा प्रत्येक भिभो स्मार्टफोन बिक्रीमा लक्की ड्र मार्फत आकर्षक उपहार ह्याम्परहरु र बम्पर पुरस्कारहरु समेत वितरण गरिनेछ । लक्की ड्र उपहारको रुपमा भिभोले भाग्यशाली ग्राहकहरुलाई १५०० स्क्रिन रिप्लेस्मेन्ट, दश वटा पावर बैंक, ६ ऐयरबडस् र ४३–ईन्चको स्मार्ट टिभी प्रदान गर्नेछ ।

भिभो नेपालका सीईओ मार्सले आफूहरुले नेपाली बजारमा कदम राखेदेखि नै नेपाली ग्राहकहरुको निकै राम्रो माया र साथ पाएको भन्दै त्यसप्रति आभार व्यक्त गरेका छन् । ‘हामीले यो अवसर प्रत्येक ग्राहकलाई आकर्षक उपहारका साथ धन्यवाद दिएर हाम्रो वार्षिकोत्सव सम्झन लायक बनाउने प्रयासमा छौं,’ उनले भने ।

नेपालको सबैभन्दा ठूलो ईकमर्स प्लेटफर्म दराजले पनि भिभो सेल्स कार्निभलको सुरुवातकै दिन आफ्नो १२.१२ सेल आयोजना गर्दैछ । यस अवसरमा दराजले निःशुल्क शिपमेन्ट लगायतका आकर्षक आकर्षक अफर दिँदैछ ।

साथै भिभो स्मार्टफोनहरुको खरिदमा दुई देखि तीन प्रतिशतको नियमित छुट समेत पाउन सकिनेछ । दराजले ग्राहकहरुलाई २१०० रुपैयाँसम्मको भौचरको अफर पनि प्रदान गर्नेछ ।

३० भन्दा बढी मुलुकहरुमा आफ्ना स्मार्टफोन बिक्री गर्दै आएको भिभो सन् २०१७ मा नेपाल प्रवेश गरेको हो । सुरुवातको छोटो समयमै कम्पनीले बजारमा आफ्नो लागी सुरक्षित स्थान बनाउन सफल भएको छ ।

नेपाली स्मार्टफोन बजारमा आफ्ना स्थापनादेखि नै नवीन र उत्कृष्ट प्रविधिका वाई र भि सिरिजका विभिन्न स्मार्टफोनहरु भित्र्याएको छ । जुन आजको युवाहरुको विकसित र बदलिदो जीवन शैलीलाई मध्यनजर गरि तयार गरिएका छन् ।

भिभोले ग्राहकहरुलाई स्मार्टफोन अनुभव र खरिद गर्नका लागी देशभर रहेका एक हजार रिटेल स्टोरहरुको साथमा नेपाली बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ । कम्पनीले तीन वटा सेवा केन्द्रहरुमा ग्राहकहरुको प्रश्न र गुनासोहरुलाई सम्बोधन गर्न तथा समस्या समाधानका लागि काम गर्दै आएको छ ।

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले शेनजेन, डोनगुआन, नानजिंग, बेइजिङ्ग, हाँङ्गअउ, शांघाई, ताइपे, टोकियो र सान डिएगोमागरी ९ वटा अनुसन्धान र विकास केन्द्र राखेको छ । जहाँ फाइभजी, कृतिम बौद्धिकता, औद्योगिक डिजाइन, फोटोग्राफी लगायतका आधुनिक प्रविधिहरुको विकासको काम हुने गरेको छ ।

भिभोले चीन, दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा पाँच उत्पादन हबहरु पनि स्थापना गरेको छ । जसले हरेक वर्ष २ करोड भन्दा बढी स्मार्टफोनहरु निर्माण गर्दछ ।

सन् २०१९ सम्ममा भिभोले ३० भन्दा बढी देशहरुमा आफ्नो बिक्रि नेटवर्क विकसित गरेको छ । कम्पनीका ३० करोड ७० लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४