close

अब उपाय सिटी कार्गोमार्फत ‘खेती’को डेलिभरी

टेकपाना टेकपाना

मंसिर २७, २०७७ १०:२५

अब उपाय सिटी कार्गोमार्फत ‘खेती’को डेलिभरी

काठमाडौं । कृषि तथा खाद्यन्न आपूर्ति व्यवस्थापन सम्बन्धि प्रविधि कम्पनी डीभी एक्सलस प्रालिको खेती मोबाइल एप र उपाय सिटी कार्गोबीच सहकार्य सुरु भएको छ । खेती मोबाइल एपमा २५ प्रतिशत लगानी सहित उपाय सिटी कार्गो जोडिएको हो ।

डीभी एक्सलसले २०१९ मा सार्वजनिक गरेको खेती मोबाइल एपले साना तथा व्यवसायिक किसानहरुलाई उत्पादकत्व वृद्धि गर्न र नाफामूलक कृषिकर्ममा सहयोग गर्दै आएको छ । उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीले किसानहरुको उत्पादनको बजार व्यवस्थापनमा ढुवानी एक प्रमुख समस्या रहेको बताए ।

ढुवानी व्यवस्थापनलाई सहजिकरण गर्न र धेरै भन्दा धेरै किसानलाई स्मार्ट सप्लाई चेनमा जोड्न यो सहकार्य महत्वपूर्ण हुने बताए । विगत एक दशकभन्दा लामो समयदेखि स्थानीय कृषि र खाद्यान्नको क्षेत्रमा काम गर्दै आएका उद्यमी तथा डिभी एक्सलस खेती मोबाइल एपका सह–संस्थापक तुलसि गिरीले स्थानीय कृषि र खाद्यान्न व्यवस्थापनमा थप टेवा पुर्‍याउनुका साथै सिंगो कृषि र खाद्यान्न क्षेत्रलाई प्रविधिमैत्री बनाउन समेत यो सहकार्यले सहयोग पुग्ने बताए ।

उनले यस क्षेत्रको विकासमा बृहत साझेदारीको आवश्यकता रहेको उल्लेख गर्दै यसलाई त्यसैको एउटा नमूनाको रुपमा स्थापित गर्नका लागि यो सहकार्य भएको बताए । खेती मोबाइल एपमा हाल दुईवटा सुविधा उपलब्ध गराइएको छ ।

खेतीले वेबसाइट तथा एपमार्फत हाल प्रदेश ३ र ४ का कास्की, काठमाडौँ, पाल्पा, मकवानपुर, चितवन लगायतका ११ जिल्लाका १० हजार भन्दा धेरै साना किसानहरू, काठमाडौं तथा पोखरामा तीन हजारभन्दा बढी उपभोक्ताहरू र ५० भन्दा बढी व्यवसायिक उपभोक्ताहरुलाई सेवा र सुविधा दिँदै आएको छ ।

साथै एपबाट विभिन्न संघसंस्था, प्रमुख कृषि सेवा तथा समग्री प्रदायक कम्पनीहरु, बैंक तथा वित्तीय संस्था र सरकारी निकायहरुसँग सहकार्य गरी समन्वयात्मक रुपमा सेवा प्रवाह गरिँदै आएको छ ।

खेतीको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४