close

अब ट्वीट स्नापच्याटमा शेयर गर्न सकिने

टेकपाना टेकपाना

मंसिर २७, २०७७ १२:४५

अब ट्वीट स्नापच्याटमा शेयर गर्न सकिने

काठमाडौं । ट्वीटरले बिहीबार आफ्नो मोबाइल एपमा नयाँ फिचर ल्याएको छ । यससँगै अब ट्वीटर प्रयोगकर्ताहरुले आफ्नो ट्वीट स्नापच्याटमा शेयर गर्न सक्ने भएका छन् । 

दुवै कम्पनीले आफ्नो साइटमा इंगेजमेन्ट बढाउन पछिल्लो पटक क्रस मिडिया इंगेजमेन्टको अभ्यास गरेका हुन् । यससँगै अब आईओएस प्लेटफर्मका प्रयोगकर्ताहरुले पनि स्टोरीमा ट्वीट पोस्ट गर्न वा स्नापच्याटमा व्यक्तिगत म्यासेजको रुपमा पठाउन सक्नेछन् ।

यसका लागि ट्वीटरको शेयर आइकनमा त्यस किसिमको अप्सन पाउन सकिनेछ । कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत यस किसिमको फिचर रोलआउट गर्ने योजना बनाएको छ ।

ट्वीटरले आ‍ईओएस प्रयोगकर्ताका लागि इन्स्टाग्राममा समेत यस्तै किसिमका स्टोरी फिचर पोस्ट गर्नमिल्ने गरी काम भइरहेको बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४