close

क्रोम, एज लगायतका ब्राउजरमा फेला पर्‍यो नयाँ भाइरस, दैनिक ३० हजार डिभाइसमा आक्रमण गर्दै

टेकपाना टेकपाना

मंसिर २७, २०७७ २१:१७

क्रोम, एज लगायतका ब्राउजरमा फेला पर्‍यो नयाँ भाइरस, दैनिक ३० हजार डिभाइसमा आक्रमण गर्दै

माइक्रोसफ्टले ब्राउजर प्रयोग गर्ने प्रयोगकर्ताका लागि सावधान रहन अलर्ट जारी गरेको छ । कम्पनीले मालवेयर आएको भन्दै गुगल क्रोम, फायरफक्स लगायतका ब्राउजर प्रयोग गर्ने प्रयोगकर्तालाई सावधान रहन भनेको छ ।

माइक्रोसफ्टले यस वर्ष १५९ वटा युनिक डोमेनलाई ट्र्याक गरेको छ । जसले औषत १७३०० युनिक यूआरएल होस्ट गरिरहेका छन् ।

कम्पनीले भनेको छ कि एड्रोजेक (Adrozek) नामक यो मालवेयर यस वर्षको मे महिनामा आएको थियो । अगस्ट महिनासम्म यसले दैनिक करिब ३० हजारभन्दा बढी डिभाइसमा आक्रमण गरेको छ ।

प्रयोगकर्ताको सर्च रिजल्टमा मालवेयरयुक्त विज्ञापन दिएर एफिलिएटेड पेजसम्म लैजाने उद्देश्यका साथ यो नयाँ मालवेयर क्याम्पेन चलाइएको बुझिएको छ । यद्यपी यसलाई सुरु गर्न मालवेयरले गोप्यरुपमा खराब प्रकृतिका एक्सटेन्सनलाई जोड्ने गर्दछ र वेबपेजमा विज्ञापन राख्नका लागि ब्राउजर सेटिङ परिवर्तन गरिदिन्छ ।

यसरी हुन्छ डाउनलोडः एड्रोजक मालवेयर अन्य मालवेयरभन्दा निकै भिन्न छ । यो मालवेयर डिभाइसमा डाइभ बाई डाउनलोडमार्फत इन्स्टल हुने गर्दछ ।

जसमा इन्स्टलर फाइलको नाम सेटअप.ईएक्सई (setup.exe) हुने गर्दछ । यो फाइल रन गर्दा इन्स्टलर अस्थायी रुपमा फोल्डरमा एउटा सेटअप नामका साथ एउटा .exe फाइल छोडिदिन्छ । यो पेलोड एउटा वैधानिक अडियो सम्बन्धि सफ्टवेयरको जस्तै लाग्दछ ।

एड्रोजकले २०२० को मेदेखि सेप्टेम्बरको बीचमा आक्रमण गरेका क्षेत्रको भौगोलिक अवस्थिति

माइक्रोसफ्ट टिमले यसलाई विशेष रुपमा गुगल क्रोममा पहिचान गरेको हो । यसले सामान्यतया डिफल्ट ‘क्रोम मिडिया राउटर’ एक्स्टेन्सनलाई परिवर्तन गर्ने गर्दछ । यस्तै किसिमले माइक्रोसफ्ट एज तथा यानडेक्स ब्राउजरमा यसले वैध एक्सटेन्सन आईडीलाई उपयोग गर्दछ ।

यस किसिमको थ्रेट प्राप्त गरेका प्रयोगकर्तालाई माइक्रोसफ्टले आफ्नो डिभाइसमा ब्राउजरलाई पुनः इन्स्टल गर्न आग्रह गरेको छ ।

साथै यसबाट जोगिनका लागि सफ्टवेयरहरु अप टु डेट राख्न, लिङ्क तथा अट्याचमेन्टदेखि सावधान रहन, मालिसियस तथा कम्पोमाइज्ड वेबसाइटमा नजान, कम्प्रोमाइज्ड वेबसाइडबाट पाइरेटेड सामग्री डाउनलोड नगर्न, नन अड्मिनिस्ट्रेटर अकाउन्ट प्रयोग गर्न समेत कम्पनीले सुझाव दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४