close

आईफोनमा समस्या, आउन छोड्यो एसएमएसको नोटिफिकेसन

टेकपाना टेकपाना

मंसिर २८, २०७७ १२:१०

आईफोनमा समस्या, आउन छोड्यो एसएमएसको नोटिफिकेसन

काठमाडौं । यदि तपाईंले आईफोनमा एसएमएसको नोटिफिकेसन पाउन सकिरहनु भएको छैन भने धेरै चिन्तित नहुनुहोस् । किन भने यस किसिमको समस्याको सामना गर्ने तपाईं एकजना प्रयोगकर्ता मात्र होइन ।

विश्वभरका कयौं प्रयोगकर्ताले आफ्नो आईफोनमा टेक्स्ट म्यासेज आउँदा पपअप नोटिफिकेसन पाउन सकिरहेका छैनन् । यस बाहेक एपमा रातो डट समेत देखिँदैन ।

जसका कारण कुनै नयाँ एसएमएस आएको थाहा पाउन कठिनाई हुने गरेको छ । गत महिना म्याक रुमर्सले आफ्नो रिपोर्टमा आईफोन ट्वेल्भ, आईफोन ट्वेल्भ मिनी, आईफोन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ प्रो म्याक्समा टेक्स्ट म्यासेजको नोटिफिकेसन नआउने समस्या देखिएको बताएको थियो ।

तर अब यो समस्या पुराना मोडेलका आईफोनमा समेत देखिन थालेको हो । यस किसिमको समस्या आईओएस फोर्टिनमा रहेको कुनै बगका कारण उत्पन्न भएको हुनसक्ने ठानिएको छ ।

धेरैजसो प्रयोगकर्ताले यो समस्या लगातार रुपमा नभएर कहिले काहिँ देखिने गरेको बताएका छन् । केहीले स्क्रिन लक हुँदाको समयमा नोटिफिकेसन आइरहेको उल्लेख गरेका छन् ।

तर एप्पलले अहिलेसम्म यो बग फिक्स गर्नका लागि कुनै प्रकारको अपडेट जारी गरिसकेको छैन ।कम्पनीले आईफोन इलाभेनको डिस्प्लेमा समस्या देखिएपछि फ्री स्क्रिन रिप्लेसमेन्ट कार्यक्रम भने सुरु गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४