close

युट्युवको सर्च र रेकमेन्डेसन एल्गोरिदमले कसरी काम गर्छ ? यस्तो छ नयाँ नियम

टेकपाना टेकपाना

मंसिर २९, २०७७ १६:५२

युट्युवको सर्च र रेकमेन्डेसन एल्गोरिदमले कसरी काम गर्छ ? यस्तो छ नयाँ नियम

काठमाडौं । युट्युवले भर्खरैमात्र आफ्नो सर्च र रेकोमेन्डेसन एल्गोरिदमले नयाँ भिडियोमा कसरी काम गर्छ भन्ने जानकारी सार्वजनिक गरेको छ । यो एल्गोरिदमको मद्दतबाट तपाईंले सहजै आपूmले खोज्नु भएको भिडियो पत्ता लगाउन सक्नुहुनेछ । झन् युट्युवमा भिडियो अपलोड गर्ने र यसैलाई आयस्रोत बनाएकाहरुले यसबारे थाहा पाउन जरुरी छ ।

त्यतिमात्रै नभएर यदि युट्युवले कुनै भिडियो तपाईंले रेकमेन्ड गरेको छ भने त्यो कुन आधारमा गरिरहेको हुन्छ भन्ने विषयमा पनि नयाँ जानकारी युट्युवले सार्वजनिक गरेको छ ।

परिवर्तित टाइटल र थम्बनेलको असर

यदि तपाईको भिडियोले राम्रो इंगेजमेन्ट पाइरहेको छैन भने थम्बनेल र टाइटल परिवर्तन गर्नु फाइदाजनक होला त ? वा त्यसले भिडियोका अल्गोरिदमै असर पर्ने त हैन् ?

तर युट्युवले थम्बनेल र टाइटलको लुक्सलाई परिवर्तन गर्न सुझाव दिएको छ । यसो गर्दा भ्युअर बढ्न सक्ने कम्पनीको दाबी छ । तर यस किसिमको परिवर्तन जुनसुकै भिडियोमा गर्नु हुँदैन । क्लिक थ्रो रेट र भ्युज कम भएका भिडियोमा मात्र यसरी थम्बनेल र टाइटल परिवर्तन गर्नुपर्छ ।

पुराना तथा निस्क्रिय सब्सक्राइबर्सलाई अल्गोरिदमको प्रतिक्रिया

पुराना तथा निस्क्रिय सब्सक्राइबर्सहरुले भिडियोको पर्फमेन्समा असर पुर्‍याउन सक्छ ? धेरै मानिसहरु यसले क्लिक थ्रो रेटमा असर पुर्‍याएर भिडियोको रेकमेन्ड कम हुने किसिमका परिणाम ल्याउन सक्ने ठान्छन् ।

युट्युवको रेकमेन्ड एल्गोरिदमले सब्सक्रिप्सन फिडलाई कहिल्यै पनि प्राथमिक सिग्नलको रुपमा फोकस गर्दैन । यी एल्गोरिदमले एउटा भिडियोले आफ्नो विषयबस्तु र परिस्थितिमा कतिको राम्रो काम गरेको छ भन्ने कुरामा फोकस गर्छ ।

एउटा भिडियोलाई होम पेजमा देखाउनुलाई यो एल्गोरिदमले युजरको होम पेजमा यसको पर्फमेन्सलाई आधार मान्दछ । कुनै भ्युअरले लामो समयदेखि च्यानलको सामाग्री हेरेको छैन भने त्यस्ता निस्क्रिय प्रयोगकर्तालाई सामाग्री देखाउन बन्द गरिदिन्छ ।

यसैले च्यानल चलाइरहेका युट्युवर्सहरु निस्क्रिय सब्सक्राइबर्सबाट चिन्तित नहुनुहोस् । वास्तवमा कुनै पनि भिडियो युजरका लागि र्‍याङ्क गर्नुको पछाडि च्यानल सब्सक्रिप्सनलाई मात्र युट्युवले मूख्य आधारको रुपमा लिदैन ।

कुनै पनि च्यानलको भिडियो युजरले कतिको हेर्छ र त्यो भिडियोलाई कतिपटकसम्म दोहो¥याएर हेर्छ ती कुराले निर्धारण गर्दछ ।

युट्युवले सर्च रिजल्टलाई कसरी र्‍याङ्क गर्छ ?

गुगल सर्च इञ्जिनमा जस्तै युट्युवको सर्च रिजल्टको उद्देश्य पनि त्यस्तै हुन्छ । यसले युजरहरुको प्रश्नको एकदमै सुहाउँदो र सान्दर्भिक उत्तर देखाउने प्रयास गर्छ ।

युट्युवमा भिडियो र्‍याङ्क गर्ने धेरै आधारहरु छन् । जसमध्ये सान्दर्भिकता र त्यसको पर्फमेन्स मुख्य कुरा हुन् । युजरको खोजीसँग भिडियो टाइटल, डिस्क्रिप्सन र सामाग्री कतिको मिल्छ भन्ने कुरा सान्दर्भिकता भित्र पर्छन् ।

यस्तै पर्फमेन्समा भने अन्य युजरहरुले त्यस्तै कुराहरु सोधेर कुन भिडियोलाई धेरै जसो चयन गर्ने गरेका छन् त्यसमा भर पर्दछ । यस्तै, युट्युवको एल्गोरिदमले इंगेजमेन्ट मेट्रिक्सलाई पनि आधार मान्छ । कुनै व्यक्तिले कुनै भिडियोलाई कति समयसम्म र भिडियो कति हेर्‍यो यी कुरामा पनि यो निर्भर हुन्छ ।

यसैले युट्युवको सर्च रिजल्टमा अगाडी आउने तिनै भिडियो हुन् जो सान्दर्भिक र राम्रो पर्फमेन्स देखाउन सक्छन् ।

एउटै च्यानलमा धेरै भाषा

एउटै भिडियोलाई धेरैवटा भाषामा राख्दा यसले भिडियोको रेकोमेन्डलाई असर पार्छ त ?

एउटै भिडियोलाई धेरै भाषामा राख्दा यसले भ्युअरहरुलाई द्धिविधामा पार्छ । यसैले युट्युबले विभिन्न भाषामा भिन्दा भिन्दै च्यानल बनाउने सल्लाह दिन्छ । तर यदि तपाईको च्यानल बहुभाषिक दर्शकहरुप्रति लक्षित छ भने धेरैवटा भाषामा बनाउँदा यसले कुनै नराम्रो असर गर्दैन ।

वाच टाइमको महत्व

भिडियोलाई युट्युवको एल्गोरिदमले रेकमेन्ड गर्न अघि यसको वाच टाइम कतिको आवश्यक हुन्छ ?

कुनै पनि भिडियो रेकमेन्ड हुनुअघि त्यसले कुनै निश्चित थ्रेसहोल्ड पार गर्नु पर्छ भन्ने कुनै नियम युट्युवमा छैन । कुनै कुनै पुरानो भिडियो पनि युट्युवमा धेरै पछि आएर भाइरल बनिरहेको हुन्छ । पुराना भिडियोमा भ्युअर बढ्ने विभिन्न कारण हुन्छन् । कहिलेकाँही त्यसले उठाएका विषयबस्तु अचानक चर्चमा आइदिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४