close

अब भाइबरबाटै मोबाइल नम्बरमा पैसा पठाउन सकिने, ई–सेवा र भाइबरबीच बुधबार सम्झाैता हुँदै

टेकपाना टेकपाना

मंसिर २९, २०७७ १७:५८

अब भाइबरबाटै मोबाइल नम्बरमा पैसा पठाउन सकिने, ई–सेवा र भाइबरबीच बुधबार सम्झाैता हुँदै

काठमाडौं । अब भाइबरबाटै मोबाइल नम्बरमा पैसा पठाउन सकिने भएको छ । यो सेवाका लागि राकुटेन भाइबर र ई–सेवाबीच आउँदो बुधबार सम्झौता हुने भएको हो ।

बुधबार अनलाइनमार्फत आयोजना हुने पत्रकार सम्मेलनमार्फत यसबार जानकारी दिने उल्लेख गरिएको छ । प्राप्त जानकारी अनुसार यो सेवा हाल विच्याट प्रयोग गरेर हुने भुक्तानी जस्तै हो ।

नेपालमा यस किसिमको सेवा लिनका लागि भाइबरमा ई–सेवालाई कनेक्ट गराउनु पर्नेछ । त्यसरी भाइबरमा ई–सेवालाई कनेक्ट गराएसँगै भाइबर प्रयोगकर्ताले सोझै अर्को मोबाइल नम्बरमा पैसा पठाउन र अन्य मोबाइल रिचार्ज गर्न सक्ने छन् ।

भाइबरले सेवा आरम्भको एक दशक पुगेको अवसरमा विद्यमान म्यासेजिङ प्रणालीहरुको मुख्य विशेषताको रुपमा नयाँ च्याटबट पेमेन्ट सुरुवात गरेको हो । भाइबरले आफ्नो सेवा अब वित्तीय प्रविधि (फिनटेक) तर्फ पनि विस्तार भएको घोषणा गरेको छ ।

यसअघि भाइबरले आफ्नो प्लेटफर्मको उपयोग गरी सामान किन्न तथा सेवा वापतको रकम भुक्तानी गर्न सकिने गरी सेवा उपलब्ध गराउने बताएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४