close

युट्युब र जिमेल डाउन, विश्वभरका प्रयोगकर्ता प्रभावित

टेकपाना टेकपाना

मंसिर २९, २०७७ १८:३

युट्युब र जिमेल डाउन, विश्वभरका प्रयोगकर्ता प्रभावित

काठमाडौं । विश्वभर गुगलका सम्पूर्ण सेवाहरु डाउन भएका छन् । गुगलका लोकप्रिय एप युट्युव, जिमेल लगायतका सबै सेवा नेपाल सहितका मुलुकमा डाउन भएका हुन् ।

डाउन डिटेक्टरका अनुसार बिहान ११:५६ देखि सुरु भएको यो समस्याले विश्वभरका प्रयोगकर्तालाई प्रभावित पारेको छ । हालसम्म गुगलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

युट्युवको वेबसाइट नै नखुल्ने, खुलेको अवस्थामा भिडियो हेर्न नसकिने, जिमेल नखुल्ने तथा लग ईन नहुने समस्याहरु देखा परेको प्रयोगकर्ताहरुको गुनासो छ । यस्तो समस्या बढीजसो युरोपका प्रयोगकर्ताले महसुस गरिरहेका छन् ।

ट्वीटरमा प्रयोगकर्ताले गुगलका एपहरुमा देखिएको समस्यालाई लिएर असन्तुष्टी जनाइरहेका छन् । केही दिन अघि मात्र फेसबुक म्यासेञ्जरमा यस्तै किसिमको समस्या देखा परेको थियो ।

अपडेटः केही समयको समस्यापछि अहिले भने गुगलको उक्त समस्या आंशिक रुपमा समाधान भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४