close

एप्पल स्टोरमा भएका एपले डेटाको प्रयोजन खुलाउनै पर्ने

टेकपाना टेकपाना

मंसिर ३०, २०७७ १०:३६

एप्पल स्टोरमा भएका एपले डेटाको प्रयोजन खुलाउनै पर्ने

काठमाडौं– अबदेखि एप्पलको एप स्टोरमा रहने एपले प्रयोगकर्ताबाट के डेटा संकलन गर्छन् र त्यसको प्रयोग के मा गरिन्छ भनेर खुलाउनुपर्ने भएको छ । डिसेम्बर १४ देखि लागू हुने गरी एप्पलले एप डेभलपरका लागि यस्तो बाध्यकारी व्यवस्था लागू गरेको हो ।

एप्पलको आप्mनै एपमा पनि यो व्यवस्था लागू हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताको लोकेसन र कन्ट्याक डिटेल भने प्रयोगकर्ताको क्रियाकलाप थाहा पाउन डेभलपरले लन सक्ने कम्पनीले जनाएको छ ।

कुन एपले आफ्नाे के डेटा लिएको छ भन्ने कुरा प्रयोगकर्तालाई चासो रहने भएकाले यसलाई प्राथमिकताका साथ देखाउनुपर्ने एप्पलको भनाई छ ।

प्रयोगकर्ताको स्वास्थ्य, वित्तीय जानकारी र सर्च सम्बन्धी डेटा पनि प्रयोगकर्तास“ग प्रत्यक्ष जोडिएको हुने कम्पनीले जनाएको छ ।

एप्पलको स्टोरमा हुने एपहरुले प्रयोगकर्ताले मोबाइलमा वा डिभाइसमा प्रयोग गर्ने अन्य एप तथा क्रियाकलापको जानकारी संकलन गर्छन् कि गर्दैनन् भनेर खुलाउनु पनि पर्ने भएको छ ।

ति एपहरुले आफूले संकलन गरेको तथ्यांक अन्य तेस्रो पक्षलाई बिक्री गर्ने गर्ने वा नगर्ने बिषय पनि प्रयोगकर्तालाई जानकारी दिनुपर्नेछ ।

कुनै एपले आफूलाई मन नपर्ने डेटा संकलन गरिरहेको छ भने प्रयोगकर्ताले त्यो डेटा संकलनबाट रोक्न भने सक्दैनन् बरु उनीहरुलाई त्यो एप प्रयोग नगर्ने छनोट भने रहन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४