close

फेसबुकले सार्वजनिक गर्यो कोल्याब म्युजिक एप

टेकपाना टेकपाना

मंसिर ३०, २०७७ ११:३९

फेसबुकले सार्वजनिक गर्यो कोल्याब म्युजिक एप

एप स्टोरमा उपलब्ध

काठमाडौं । फेसबुकले सार्वजनिक रुपमा आफ्नो एक्सपेरिमेन्ट म्युजिक मेकर एप कोल्याब सार्वजनिक गरेको छ । तत्कालको लागि यो एप स्टोरका लागि मात्रै उपलब्ध छ । आइओएस प्रयोगकर्ताले यो एप प्रयोग गर्न सक्छन् ।

फेसबुकले यसलाई सुरुमा एक प्रयोगकर्ताले अर्कोलाई निमन्त्रण दिएपछि मात्रै प्रयोग गर्न सक्ने गरी केही महिना अघि सार्वजनिक गरेको थियो । अब भने एप स्टोरमा यसलाई सहजै प्राप्त गर्न सकिन्छ ।

यो एपको विशेषता भनेको यसले तीन फरक फरक भिडियोलाई जोडेर एउटा म्युजिक भिडियो बनाउन सक्छ । उदाहरणको लागि स् तीन कलाकारले एउटा गीतको फरक फरक अंश गाउन सक्छन् र एपमार्फत त्यसलाई एउटै म्युजिक भिडियोको रुपमा तयार पार्न सक्छन् ।

कोल्याबमार्फत तयार पारिएको हरेक भिडियोहरु कोल्याब फिडमा पनि पोष्ट हुनेछ छ जसमा कोल्याब प्रयोगकर्ताले त्यसलाई हेर्न सक्नेछन् । कोल्याब फिडमा भएको संगीतलाई पनि प्रयोग गरेर अन्य प्रयोगकर्ताले आफ्नो छुट्टै म्युजिक भिडियो बनाउन सक्छन् ।

फेसबुकका अनुसार कोल्याबमा तयार पारेर राखिएको भिडियो अन्य प्रयोगकर्ताले प्रयोग गरे पनि वास्तविक निर्माणकर्ताले क्रेडिट भने पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४