close

क्यान चुनावका लागि यस्तो छ कुँवर प्यानल

टेकपाना टेकपाना

कात्तिक २६, २०७६ १७:४०

क्यान चुनावका लागि यस्तो छ कुँवर प्यानल

नेपालको सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो निजी संगठीत संस्थाको रुपमा रहेको कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडेरेशन अर्थात क्यान महासंघको निर्वाचनामा नवराज कुँवर प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका कुँवरको नेतृत्वमा मंगलबार ४१ सदस्यीय प्यानल सार्वजनिक भएको हो ।

क्यानको २६ औँ वार्षिक साधारणसभा नजिकिँदै छ । साधारण सभा आगामी ७ मंसीरमा हुँदैछ । त्यसमा कुँवर र वर्तमान कार्यसमिति उपाध्यक्ष सुनैना घिमिरे पाण्डेय नेतृत्वका दुई प्यानल आपसमा भिड्दैछ । यसैबिच कुँवरले आज प्यानल सहित आधिकारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनको टोलीमा संस्थागत साधारण सुमहबाट राजा कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने रहेका छन् । त्यस्तै संस्थागत आजीवन समुहतर्फ डा. पवन कुमार शर्मा, नवीन जोशी, राजेन्द्र अर्याल रहेका छन्

व्यक्तिगत आजीवन समुहमा प्रा. डा. शुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी रहेका छन् । त्यस्तै, व्यक्तिगत साधारण समुहबाट खुसल रेग्मी, रत्नतारा बैद्य, सुवास खड्का, घनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेशराज कार्की छन् भने, वस्तुगत सदस्य समुहमा नारायण बहादुर थापा, भोजराज भट्ट, चिरञ्जीवि अधिकारी, प्रताप सापकोटाले उम्मेदवारी दिएका छन् ।

लेखा समितिमा लक्ष्मण यादव, हृदयमान श्रेष्ठ, भिमसेन गिरी रहेका छन् । जील्ला शाखा समुहबाट प्रदेश–२ बाट दिपेन्द्रराज सिंह तथा भुपालदास श्रेष्ठ, प्रदेश–३ बाट शेखरनाथ दुलाल तथा भानु शर्मा, प्रदेश–५ बाट रेशम गिरी तथा ध्रुवराज शर्मा, कर्णली प्रदेशबाट दलबहादुर खड्का तथा भीम मल्ल र सुदरपश्चिम प्रदेशबाट हर्क सेठ्ठी तथा खेमराज ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका प्रत्यासी कुँवरका अनुसार प्रदेश–१ को उमेद्बारीको विषयमा भने निर्णय हुने बाँकी छ भने गण्डकी प्रदेशबाट अशोकबाबु रानाले उम्मेदवारी घोषणा गरेको भए पनि थप एक जनाको निर्णय हुन वाँकी रहेको छ । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै कुँवरले पछिल्लो समय महासंघ सोचेको उचाईमा पुग्न नसको भन्दै आफ्नो कार्यकालमा संगठनलाई परिष्कृत गर्दै लैजाने बताए ।

उनले सांगठनिक रुपमा अहिले क्यान महासंघ मजबुत बनिसकेको बताउँदै अब त्यसलाई अघि बढाउन संस्थालाई प्रशासनिक रुपमा शुदृढिकरण गर्नु पर्ने उनको भनाई छ । त्यस्तै आफ्नो कार्यकालमा क्यानलाई स्मार्ट क्यान बनाउने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।

उनले आफ्नो कार्यकालमा सरकारका राम्रा कामलाई प्रशंसा गर्दै सूचना प्रविधिको क्षेत्रमा ल्याएका विषयलाई व्यवसायिक हिसाबले ल्याउन लबिङ गर्ने बताए । उनले सरकारले बनाउने सूचना प्रविधिका एजेण्डाहरू सुल्झाउने काम गर्ने समेत उल्लेख गरेका छन् ।

साथै क्यानलाई अन्तर्राष्ट्रिय रुपमा परिचित बनाउन आफू काम गर्न तयार रेहको उनले बताए । त्यसका लागि दुई तीन ओटा अन्तर्राष्ट्रिय च्याप्टर पनि बनाउने र कम्तिमा पनि सात ओटा अन्तर्राष्ट्रिय च्याप्टर बनाएर विश्वमा विकास भएको प्रविधिलाई नेपालमा भित्र्याउने एउटा माध्यमको रुपमा अगाडि बढाउने कुँवरको योजना छ । उनले आफ्नो कार्यकालमा संस्थाको केन्द्रीय भवन मात्र नभएर सात वटै प्रदेशमा क्यानका शाखाको समेत शाखा भवन निमार्ण गर्ने बताए ।

त्यस्तै अहिले नेपाल सरकारले अगाडि सारेको “भिजिट २०२०” लाई आधार मानेर आफ्नो कार्यकालमा आइटी र टिआई (इन्फर्मेसन टेक्नोलोजी र टुरिजम इन्डष्ट्री ) लाई मिलाएर नेपालमा एउटा सेमिनार आयोजना गर्ने एजेन्डा समेत अगाडि सारेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०