close

अब अनलाइनबाटै श्रम स्वीकृतिको नवीकरण

टेकपाना टेकपाना

पुस १, २०७७ २०:५५

अब अनलाइनबाटै श्रम स्वीकृतिको नवीकरण

काठमाडौं । अब वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुले अनलाइनबाटै श्रम स्वीकृतिको नवीकरण गर्न सक्ने भएका छन् । यससँगै श्रम स्वीकृतिको नवीकरण गर्न नेपाल आउनुपर्ने झन्झट हट्नेछ ।

आगामी साताबाट लागू हुने यो सुविधा प्राप्त गर्न श्रमिकहरुले वैदेशिक रोजगार विभागले तोकेका अनलाइन भुक्तानी सेवाहरु आईएमई पे, ई सेवामार्फत तिर्नु पर्नेछ । साथै श्रमिकहरुले बिमा तथा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम समेत तिनै भुक्तानी सेवाबाट तिर्न सक्नेछन् ।

शूल्क भुक्तानी गरेपछि श्रमिकको इमेलमा श्रम स्वीकृति नवीकरण भएको सन्देश आउनेछ । भिसा अवधि थपेर विदेशमा बस्न चाहनेहरु यो अनलाइन सेवा मार्फत लाभान्वित हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४