close

बनेपा नगरपालिकाको राजस्व अनलाइनबाटै बुझाउन सकिने

टेकपाना टेकपाना

पुस ३, २०७७ ११:४४

बनेपा नगरपालिकाको राजस्व अनलाइनबाटै बुझाउन सकिने

काठमाडौं । बनेपा नगरपालिकाको राजस्व डिजिटल प्रणाली मार्फत भुक्तानी गर्न सकिने बनाएको छ । यो सँगै नगरवासीहरुले अनलाइनबाटै विभिन्न सरकारी सेवाको राजस्व भुक्तानी गर्न सक्ने भएका छन् ।

उक्त सेवाको सुरुवात नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले गरेका छन् । नगरले सुरु गरेको डिजिटल सेवामार्फत नगरबासीले घरमै बसी इ–सेवा तथा खल्ती एप प्रयोग गरेर राजस्व बुझाउन सक्ने उनले जानकारी दिएका छन् ।

नगरबासीले अबदेखि घर बहाल कर, भुमिसुधार, सरसफाई, नविकरण सेवा कर, सम्पति कर, व्यवसाय कर लगायत नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर अनलाइनबाटै तिर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४