close

मोबाइलमा उत्कृष्ट क्यामेरा प्रविधि ल्याउन जेइससँग भिभोको सम्झौता

टेकपाना टेकपाना

पुस ३, २०७७ १५:१९

मोबाइलमा उत्कृष्ट क्यामेरा प्रविधि ल्याउन जेइससँग भिभोको सम्झौता

काठमाडौं । मोबाइल इमेजिङ (तस्वीर सम्बन्धि) प्रविधिमा नयाँ आयाम सिर्जना गर्ने उद्देश्यका साथ भिभो र जेइसबीच दीर्घकालिन रणनीतिक साझेदारी सुरु भएको छ । भिभो र जेइसले संक्युक्त रुपमा संयुक्त रुपमा इन्जिनियरिङ गरिएको इमेजिङ सिस्टम पहिलोपटक भिभोको एक्स ६० सिरिजमा उपलब्ध हुनेछ ।

साझेदारीको सम्झौता अन्तर्गत दुवै कम्पनीले संयुक्त रुपमा भिभो जेइस इमेजिङ प्रयोगशाला स्थापना गर्नेछन् । उक्त प्रयोगशालामा भिभोका फ्ल्यागशिप फोनका लागि आवश्यक नवीन मोबाइल इमेजिङ प्रविधिको अनुसन्धान र विकासको काम हुनेछ ।

आर एण्ड डी प्रोग्राम (अनुसन्धान तथा विकास सम्बन्धि कार्यक्रम) बाहेक दुई कम्पनीले ‘भिभो जेइस मास्टर फोटोग्राफी’ अभियान समेत सुरु गर्ने जनाएका छन् । जसको माध्यमबाट कम्पनीले भिभो जेइसको नयाँ इमेजिङ सिस्टमको प्रचार गर्ने उद्देश्य लिएको छ ।

अप्टिक्स तथा अप्टो इलेक्ट्रोनिक्सको क्षेत्रमा काम गरिरहेको जेइस मोबाइल इमेजिङको क्षेत्रमा पायोनियर (अग्रणी) कम्पनी हो । दुई कम्पनीबीचको रणनीतिक साझेदारीले भिभोको मोबाइल इमेजिङको अप्टिकल पर्फमेन्समा सुधार हुने र प्रयोगकर्ताहरुले थप रचनात्मक उत्पादन पाउन सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४