close

म्यासेन्जरमा ‘भिडियोमा देखिएको तपाईं हो’ म्यासेज आयो ?, नखोल्नुहोस्

टेकपाना टेकपाना

पुस ४, २०७७ २१:२७

म्यासेन्जरमा ‘भिडियोमा देखिएको तपाईं हो’ म्यासेज आयो ?, नखोल्नुहोस्

काठमाडौं । अहिले हामीमध्ये धेरैले आफ्नो साथीभाईबाट म्यासेन्जरमा एउटा धमिलो भिडियोको थम्बनेलमा यो तिमी हो ? भनेर म्यासेज आइरहेको देख्न सक्छौं । यस्तो म्यासेज आएपछि कतिपयले क्लिन गरेर पढ्न गर्छन् ।

सो म्यासेजनमा आएको भिडियोमा एउटा युआरएल लिङ्क रहेको छ । त्यसमा क्लिक गर्दा एउटा फेसबुक लग इन पेज जस्तो बक्स पप अप हुन्छ ।

तर वास्तवमा यो कुनै फेसबुकको लग इन पेज होइन । फेसबुकसँग असम्बद्ध यो एउटा हङ्गेरियन वेब होस्टिङ प्लेटफर्मको एकाएक सिर्जना भएको सर्भर नाम हो । यस्ता साइटले एचटीटीपीएसको सट्टा एचटीटीपी प्रयोग गरिएका हुन्छन् ।

फेसबुकले सुरुवातदेखि नै सबै कुरामा एचटीटीपीएस प्रयोग गर्दै आइरहेको छ । कम्पनीले २०१२ मा नै एचटीटीपीलाई प्रयोग गर्न छाडेको हो । यसैले यदि कुनै पनि पेजले आफूलाई फेसबुक प्रतिनिधित्व गर्ने दाबी गर्छ तर उसको एड्रेस बारमा एचटीटीपी मात्र छ भने थाहा पाउनुहोस् त्यो सबै फर्जी हो ।

यदि तपाईले आफ्नो युजर नेम र पासवर्ड फर्जी लग इन पेजमा राख्नुभयो भने त्यो सबै संवेदनशील जानकारी अमेरिकामा कतै न्युन शूल्कमा होस्ट भइरहेको सर्भरमा पुग्नेछ ।

यस किसिमका स्पामहरुबाट बच्न सबैभन्दा पहिले तपाईले आफ्नो अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन र पासवर्ड म्यानेजरको प्रयोग गर्नुपर्छ । त्यस्तै बिल्ट इन भाइरसको प्रयोगले पनि यस्तो समस्या रोक्न सक्छ ।

यदि तपाईको साथीको अकाउन्ट ह्याक भयो भने उनीहरुलाई अन्य कुनै तरिकाबाट सम्पर्क गर्नुहोस् । यदि तपाईको साथीले तपाईको अकाउन्ट ह्याक भएको जानकारी दियो भने ढिला नगरी आफ्नो अकाउन्ट रिकोभरीको विधि अपनाउनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०