close

डेस्कटपमा ह्वाट्सएपको भिडियो र भ्वाइस कल यसरी प्रयोग गर्नुहोस्

टेकपाना टेकपाना

पुस ५, २०७७ ११:२३

डेस्कटपमा ह्वाट्सएपको भिडियो र भ्वाइस कल यसरी प्रयोग गर्नुहोस्

काठमाडौं । ह्वाट्सएप आज च्याट सेवामा मात्र सिमित छैन । तपाईले यसलाई भ्वाइस वा भिडियो कलका लागि समेत प्रयोग गर्न सक्नुहुन्छ । कोरोना महामारीको समयमा ह्वाट्सएपले आफ्नो भिडियो च्याट क्षमतालाई थप बलियो बनाउँदै ५० जनासम्मले एकै पटक गर्न सक्ने बनाएको छ ।

ह्वाट्सएपको यो फिचर बढी मोबाइल एपबाट मात्र प्रयोग भैरहेको छ । तर अब ह्वाट्सएपको यो फिचर डेस्कटप डिभाइसमा समेत आएको छ । कम्पनीले डेस्कटप भर्सनमा समेत आफ्नो भिडियो तथा भ्वाइस कल फिचर परिक्षण गरेको रिपोर्टहरु बाहिर आएका छन् ।

हालका लागि बेटा भर्सनमा ल्याएको यो फिचर सबै प्रयोगकर्ताका लागि भने उपलब्ध हुने छैन । ह्वाट्सएपका यी सुविधा डेस्कटप भर्सनमा प्रयोग गर्न सबैभन्दा पहिले एन्ड्रोइडमा ह्वाट्सएपको बेटा भर्सनमा साइन अप गर्नुहोस् ।

गुगल प्लेस्टोरमा भएको सबैभन्दा नयाँ भर्सन इन्स्टल गर्नुहोस् । यति गरिसकेपछि आफ्नो ल्यापटप वा कम्प्युटरलाई फायरअप गर्नुहोस् । अब ह्वाट्सएप डेस्कटप एपलाई डाउनलोड गर्नुहोस् । तपाईले वेबमा आधारित भर्सनमाभन्दा धेरै फिचर डेस्कटप एपमा पाउन सक्नुहुन्छ ।

जब तपाईले ह्वाट्सएप डेस्कटपमा खोल्नुहुन्छ तब यसमा भिडियो र भ्वाइस कलका लागि नयाँ आइकन देख्नुहुनेछ । अनि प्रत्येक आइकनको माथिल्लो दायाँ कुनामा ‘बेटा’ लेखिएको हुन्छ । हालका लागि बेटा भर्सनबाट तपाईले यसरी नयाँ फिचरको प्रयोग गर्नसक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०