close

सुदूरपश्चिममा पहिलो पटक हल्ट प्राइज सम्पन्न

टेकपाना टेकपाना

पुस ५, २०७७ २१:२९

सुदूरपश्चिममा पहिलो पटक हल्ट प्राइज सम्पन्न

काठमाडौं । सुदूरपश्चिममै पहिलो पटक हल्ट प्राइज आयोजना भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न कलेजका विद्यार्थीको सहभागितामा हल्ट प्राइज कार्यक्रम केही दिन अघि मात्र सम्पन्न भएको हो ।

‘फुड फर गुड’ अर्थात बाच्नका लागि खाना च्यालेञ्जमा रहेर यस पटक विश्वभर हल्ट प्राइजका लागि प्रतिस्पर्धा चलिरहेको छ । यो थिममा उत्कृष्ट बिजनेस आइडिया ल्याउने टिमको रुपमा फुड इम्लोयर समूह प्रथम भएको थियो ।

१२ वटा समूहले भाग लिएको उक्त प्रतिस्पर्धामा अर्फान स्क्वाड दोस्रो तथा निकोमिठो समूह तेस्रो भएको छ । प्रथम हुन सफल फुड इम्लोयर अघिल्लो चरणमा क्षेत्रिय स्तरमा हुने प्रतिस्पर्धामा सहभागी हुन पाउनेछ । विजेता समूहले विदेशी भूमीमा गएर आफ्नो आइडिया राख्न पाउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०