close

तपाईंको आईफोन, आईप्याड वा म्याकबुकमा अरुले एक्सेस पाइरहेको त छैन ? यसरी हेर्नुहोस्

टेकपाना टेकपाना

पुस ६, २०७७ ११:२३

तपाईंको आईफोन, आईप्याड वा म्याकबुकमा अरुले एक्सेस पाइरहेको त छैन ? यसरी हेर्नुहोस्

काठमाडौं । गोपनीयता र सुरक्षाप्रति केन्द्रीत एप्पल कम्पनीले आफ्ना डिभाइसलाई सुरक्षित राख्न नयाँ नयाँ संसाधनहरु ल्याइरहेको छ ।  आज हामी तपाईंलाई  तपाईंसँग रहेको आईफोन, एप्पल डिभाइस र एप्पल अकाउन्टमा ककसको एक्सेस छ भनेर थाहा पाउने तरिका बताउँदै छौं । 

एप्पलले हालै २० पेजको ‘डिभाइस एण्ड डेटा एक्सेस ह्वेन पर्सनल सेफ्टी इज एट रिस्क’ अर्थात व्यक्तिगत सुरक्षा जोखिममा रहेको अवस्थामा उपकरण तथा डेटामा पहुँच बनाउने सपोर्ट गाइड सार्वजनिक गरेको छ । प्राइभेसी तथा सेक्युरिटी चेकअपका लागि तपाईं गम्भीर हुनुहुन्छ भने यी विधिहरु तपाईंका लागि मह सहयोगी बन्न सक्छ । 

अकाउन्टमा भएको एक्सेस  कसरी थाहा पाउने ?

तपाईंको एप्पल अकाउन्टबाट साइनअप भएको आईफोन वा आईप्याड चेक गर्नुहोस् । यसका लागि ‘सेटिङ’हुँदै ‘योर नेम’मा जानुहोस् । अब फेम्ली शेयरिङबाट तलतर्फ स्वाइप गर्नुहोस् । 

  • म्याकमा सिस्टम प्रिफरेन्सबाट एप्पल आईडीहुँदै बायाँतिर रहेको आफ्नो डिभाइसमा हेर्नुहोस् । 
  • तपाईंले यहाँ क्लिक गरेर समेत आफ्नो एप्पल आईडीसँग जोडिएका सबै डिभाइस देख्न सक्नुहुन्छ । 
  • तपाईंले कुनै डिभाइसको बारेमा थप थाहा पाउनका लागि त्यसमा क्लिक वा ट्याप गर्न सक्नुहुन्छ । अब आफ्नो अकाउन्टमा कुनै डिभाइसलाई कनेक्ट नहोस् भन्ने चाहनुहुन्छ भन्य त्यस्तो डिभाइसलाई ‘रिमुभ फ्रम अकाउन्ट’ चयन गर्न सक्नुहुन्छ । 

फेस आईडी र टच आईडी रिभ्यू गर्नुहोस् 

तपाईंको आईफोन, आईप्याड वा म्याकमा कुनै अप्रत्याशित वैकल्पिक फिङ्गरप्रिन्ट वा फेस टच आईडी छ कि सेटिङमा चेक गर्नुहोस् । 

  • त्यसका लागि ‘सेटिङ’मा जानुहोस् । त्यहाँबाट ‘फेस आईडी एण्ड पासकोड, टच आईडी एण्ड पासकोड’ मा गएर चेक गर्नुहोस् । 
  • म्याकमा तपाईं सिस्टम प्रिफरेन्सहुँदै टच आईडीमा जान सक्नुहुन्छ । 

एप्पल आईडी सेक्युरिटी सेटिङ 

  • हाँ क्लिक गरी सेक्युरिटी सेक्सन चेक गर्नुहोस् । 
  • सबै कुरा सही देखिएको छ भन्ने कुरा सुनिश्चि गर्नुहोस् । 
  • तपाईंको टु फ्याक्टर अथेन्टिकेसन टर्न अन भएको छ कि छैन, त्यो पनि सुनिश्चित गर्नुहोस् । यो तपाईंको डिभाइस, अकाउन्ट र व्यक्तिगत जानकारीको सुरक्षाका लागि धेरै नै महत्वपूर्ण कुरा हो । 

एप चेक गर्नुहोस् 

  • तपाईंको डिभाइसमा इन्स्टल भएको एपमा कुनै कुरा अनपेक्षित छ कि भनेर चेक गर्नुहोस् । 
  • आईओएस एपको गोपनीयता विवरण चेक गर्न यी कुराहरु पालना गर्नुहोस् । 
  • एप स्टोरमा जानुहोस् । चेक गर्न चाहेको एप सर्च गर्नुहोस् र एप प्राइभेसी नदेखिएसम्म तलतर्फ गएर एपको डिस्क्रिप्सन एण्ड रेटिङ सार्दै जानुहोस् ।
  • अब त्यहाँ रहेको ‘सी डिटेल्स’मा ट्याप गरेर तपाईंले आईओएस एप प्राइभेसीको विस्तृत विवरण हेर्न सक्नुहुन्छ ।
  • तपाईंले वेबमा समेत एपको प्राइभेसी डिटेल हेर्न सक्नुहुन्छ । त्यसका लागि अंग्रेजीमा एप स्टोर लेखेर एपको नाम राख्नुहोस् र सर्च गर्नुहोस् । अब तपाईंले रिभ्यूको मुनी सि भ्यू डिटेल्स देख्नुहुनेछ ।
  • यसैगरी एपस्टोरभन्दा बाहिरका एप्पल एपका लागि यहाँ क्लिक गर्नुहोस् । यहाँ क्लिक गरेर तपाईंले एप्पल एपका लागि निश्चित प्राइभेसी डिटेल पेज हेर्न सक्नुहुन्छ ।
  • एप्पलको नयाँ प्राइभेसी ल्याण्डिङ पेजका लागि यहाँ थिच्नुहोस् । 

अप्रत्यासित प्रोफाइल छ कि चेक गर्नुहोस् 

  • आईफोन वा आईप्याडमा सेटिङ मुनी जनरल फर अ प्रोफाइल सेलेक्सन चयन गर्नुहोस् । 
  • बिजनेस, स्कूल र संगठनहरुले अधिकांश प्रोफाइल इन्स्टल गर्छन् । तर तपाईंको डिभाइसमा छ कि छैन भन्ने कुरा तपाईंले चेक गर्न सक्नुहुन्छ ।
  • यदि तपाईंको डिभाइसमा केही कुरा इन्स्टल भएको छैन भने प्रोफाइल सेक्सन देखा पर्ने छैन । प्रोफाइलले एप्पल डिभाइसमा थप एक्सेस र प्रिभलेज प्रदान गर्दछ । 
  • रोजगारदाता वा कम्पनीले चाहेको खण्डमा तपाईंले त्यस्तो प्रोफाइल हटाउन सक्नुहुने छैन । 
  • एप्पलले थप दुई वटा सुरक्षा चेकलिस्ट थप गर्ने भएको छ । जसमा लोकेसन शेयरिङ बन्द कसरी गर्ने र तपाईंको लोकेसलाई कसरी कसैले पनि देख्न नसक्ने बनाउने भन्ने कुराको सुनिश्चित गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०