close

गुगलको डुडल आज किन यस्तो छ ? थाहा पाइराख्नुहोस् ४०० वर्षमा हुने अनौठो घटना

टेकपाना टेकपाना

पुस ६, २०७७ १४:१४

गुगलको डुडल आज किन यस्तो छ ? थाहा पाइराख्नुहोस् ४०० वर्षमा हुने अनौठो घटना

काठमाडौं । गुगलले आज एउटा विशेष डुडल बनाएको छ । गुगलले अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँग मिलेर यो डुडल तयार पारेको हो ।

यो एनिमेटेड डुडलमा शीतकालिन संक्रान्तिको उत्सव मनाइरहेको देखाइएको छ । यसमा तपाईंलाई आफ्नो आँखा आकाशदेखि शनि र बृहस्पतिको वर्तमान संयोजनमा ध्यान केन्द्रीत गर्न सुझाइएको छ ।

यो वर्ष २१ डिसेम्बरमा उत्तरी गोलार्धमा शीतकालीन संक्रान्तिको सुरुवात भएको छ भने २०२० को सबैभन्दा लामो रातमा एउटा अविश्वसनीय खगोलीय घटना समेत हुनेछ । जसलाई महान संयोजन मान्ने गरिन्छ ।

यो महान संयोजनमा शनि र बृहस्पतिको एउटा दृश्य एक अर्कासँग खप्टिए जस्तो देखिन्छ । जुन रातको समयमा देख्न सकिन्छ ।

शनि र बृहस्पति हाम्रो सौर्यमण्डलका सबैभन्दा ठूला दुई ग्रह हुन् । आज राति शनि र बृहस्पति एक अर्कासँग एक डिग्रीभित्र रहनेछन् ।

Celebrating Winter 2020 and The Great Conjunction!

यो महान संयोजन करिब ४०० वर्षमा एक पटक हुने गर्दछ । पछिल्लो समय यो घटना आकाशबाट सहजै देखिएको थियो ।

यस पटकको शीतकालीन संक्रान्तिमा समेत त्यस्तै परिघटना दोहोरिनेछ । यस किसिमको घटना करिब ४०० वर्ष पहिले भएको थियो ।

उत्तरी गोलार्ध पृथ्वीको आधा उत्तरी भाग हो । यो शून्य डिग्री भूमध्य रेखाबाट सुरु भएर उत्तरतिर अगाडि बढ्छ ।

गुगल डुडलमा यही महान संयोजनलाई कार्टुनको रुपमा देखाइएको हो । यसमा शनि र बृहस्पति हाई फाइभ (ताली बजाउन) का लागि एक अर्कासँग भेट्छन् ।

सँगै पृथ्वी अन्य दुई ग्रहहरुलाई हेर्दछ । शीतकालीन संक्रान्तिको अर्थ बरफले ढाकिएको भन्ने हुन्छ । सोमबारको संक्रान्ति पृथ्वीको सूर्यसँग बदलिँदो दूरीका कारण हुनेछ ।

खगोलीय घटनामा रुची राख्नेहरुका लागि आजको दिन निकै महत्वपूर्ण हुनेछ । वर्षकै लामो रातमा उनीहरु करिब ४०० वर्षमा हुने अनौठो खगोलीय घटनाको साक्षी बन्ने मौका पाउनेछन् ।

जतिखेर हाम्रो सौर्यमण्डलका सबैभन्दा ठूला ग्रह बृहस्पति र शनि एक अर्कासँग निकै नजिक हुनेछन् । पछिल्लो समय यो खगोलिय घटना महान खगोलविद ग्यालिलियोको कालमा अर्थात १६२३ मा घटेको थियो । अब यसपछि यो घटना २४ औं शताब्दीमा हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०