close

एप्पल वाच सेभन सार्वजनिक हुँदै, यस्तो छ समय र फिचर

टेकपाना टेकपाना

पुस ६, २०७७ १५:४३

एप्पल वाच सेभन सार्वजनिक हुँदै, यस्तो छ समय र फिचर

काठमाडौं । एप्पलले आफ्नो नयाँ उत्पादन एप्पल वाच सेभेन सार्वजनिक गर्दैछ । एप्पलको उक्त वाचको विषयमा कम्पनीबाट कुनै आधिकारिक जानकारी उपलब्ध नभएतापनि यसको विषयमा धेरै कुरा बाहिर आएका छन् ।

हालसम्म उपलब्ध जानकारी अनुसार एप्पल वाच सिक्सको तुलनमा सेभेनमा धेरै कुरा परिमार्जन हुनेछ । जसमा नयाँ हेल्थ सेन्सर, परिस्कृत डिस्प्ले र अझ धेरै ब्याट्री क्षमता छ ।

उक्त वाच सन् २०२१ को सेप्टेम्बर मिडमा यो वाच सार्वजनिक हुन सक्ने आकलन गरिएको छ । जसको बजार मूल्य ३ सय ९९ डलरबाट सुरु भएर ४ सय २९ डलरसम्म पर्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०