close

ब्याकग्राउण्डमा सुन्न सकिने ‘अडियो मात्रै’ फिचर ल्याउँदै नेटफ्लिक्स

टेकपाना टेकपाना

पुस ७, २०७७ ८:३७

ब्याकग्राउण्डमा सुन्न सकिने ‘अडियो मात्रै’ फिचर ल्याउँदै नेटफ्लिक्स

काठमाडौं । लोकप्रिय स्ट्रिमिङ एप नेटफ्लिक्सले अहिले अडियो अन्ली (अडियो मात्रै) मोडमा काम गरिरहेको छ । जुन केही सब्सक्राइबरका लागि पप अप हुने कम्पनीले बुधबार पुष्टि गरेको छ । 

यो फीचरमा एक्सेस हुने सब्सक्राइबरहरुले फुल स्क्रिन प्लेको माथिल्लो भागमा ‘भिडियो अफ’ बटन देख्ने छन् । यसरी तपाईंले आफ्नो मन पर्ने शो पोडकास्टको रुपमा ब्याकग्राउण्डमा बजाउन सक्नुहुनेछ । 

कम्पनीले सब्सक्राइबरहरुको नेटफ्लिक्स मोबाइल अनुभवलाई सुधार गर्न यो नयाँ तरिका ल्याइएको बताएको छ । कम्पनीले यो फिचरलाई विभिन्न मुलुक तथा समयमा परीक्षण गरिसकेको बताएको छ ।

सब्सक्राइबरहरुका लागि यो उपयोगी भएको खण्डमा सबै प्रयोगकर्तालाई उपलब्ध गराउने कम्पनीले बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०