close

सार्वजनिक भयो १६ ईन्चको म्याकबुक प्रो, यस्तो छ फिचर

टेकपाना टेकपाना

कात्तिक २८, २०७६ १२:४७

सार्वजनिक भयो १६ ईन्चको म्याकबुक प्रो, यस्तो छ फिचर

आईफोन निर्माता कम्पनी एप्पलले नयाँ भर्सनको म्याकबुक प्रो सार्वजनिक गरेको छ । १६ ईन्च डिस्प्ले सहितको ल्यापटपमा नयाँ डिजाइनको किबोर्ड प्रयोग गरिएको छ । प्रयोगकर्ताबाट म्याकबुक प्रोको किबोर्ड असजिलो भएको प्रतिक्रिया आएपछि डिजाइन परिवर्तन गरिएको कम्पनीले जनाएको छ । 

किबोर्डबाहेक नयाँ मोडलको ल्यापटपमा रेटिना डिस्प्ले प्रयोग गरिएको छ भने ६४ जीबी मेमोरी प्रयोग गरिएको छ । यस अघि सन् २०१५ मा एप्पलले म्याकबुकको किबोर्ड परिवर्तन गरेको थियो । कम्पनीले त्यो बेलामा ल्याएको नयाँ डिजाइनको किबोर्ड असजिलो भएको केही प्रयोगकर्ताले बताउँदै आएका थिए ।

सन् २०१५ यता हटाइएको इस्केप बटन पुनः राखिएको छ । केही वर्षयताको म्याकबुक प्रो मोडलमा भर्चुअल किबोर्ड थपिएको थियो ।  अहिले पनि भर्चुअल किबोर्डको लागि केही स्थान राखिएको छ । 

नयाँ ल्यापटपमा तात्ने समस्या समाधानको लागि फ्यानको ब्लेड ठूलो पारिएको कम्पनीले जनाएको छ । नयाँ मोडलमा हावाको वहाव २८ प्रतिशत बढी हुने कम्पनीको दाबी छ । 

कम्युटरमा एएमडी रेडन प्रो ५००० एम ग्राफिक्स कार्ड प्रयोग गरिएको छ । यसले रेन्डरिङ छिटो हुनुको साथै बढी ग्राफिक्स कार्ड प्रयोग हुने सफ्टवेयर चलाउँदा पनि स्लो नहुने कम्पनीको दाबी छ । यो ल्यापटप केही सातापछि बिक्रीको लागि बजारमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०