close

फाइभजी फोनको बजारमा आईफोन ट्वेल्भको दबदबा

टेकपाना टेकपाना

पुस ९, २०७७ १२:४८

फाइभजी फोनको बजारमा आईफोन ट्वेल्भको दबदबा

काठमाडौं । एप्पलले सन् २०२० अक्टोबरमा आईफोन ट्वेल्भ सिरिजका चार नयाँ मोडल बजारमा सार्वजनिक गरेको थियो । फाइभजी फोनको रुपमा सार्वजनिक यी माेडल अन्तर्गत आईफोन ट्वेल्भ बजारमा सार्वजनिक भएकाे पहिलो दुई हप्तामा सबैभन्दा बढी बिक्री हुने फोनको रुपमा दर्ता भएको छ ।

मोबाइल बजारको अध्ययन गर्ने संस्था काउन्टरप्वाइन्टले जारी गरेको प्रतिवेदनअनुसार आईफोन ट्वेल्भ सार्वजनिक भएको दुई हप्तामै सबैभन्दा धेरै बिक्री भएको हो । त्यतिमात्रै नभएर आईफोन ट्वेल्भ फाइभजी फोनमै सबैभन्दा बढी बिक्री हुने फोन पनि बनेको छ ।

अन्य कम्पनीको तुलनामा धेरै ढिला सार्वजनिक भएको भएतापनि फाइभजी फोनले बजारमा आईफोनले आफूलाई अब्बल बनाएको छ । उक्त अध्ययन प्रतिवेदन अनुसार सन् २०२० को अक्टोबरमा बिक्री भएका फाइभजी फोनको करिब एक चौथाई हिस्सा आईफोनकै छ ।

जसमा आईफोन ट्वेल्भको बजार हिस्सा १६ प्रतिशत र आईफोन ट्वेल्भ प्रोको बजार हिस्सा ८ प्रतिशत छ । आईफोन १२ प्रो पनि बिक्रीका हिसाबले फाइभजी फोनमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै सामसङ ग्यालेक्सी नोट ट्वान्टी अल्ट्रा ४ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा रहेको छ । सामसङ ग्यालेक्सी नोट २० सेप्टेम्बरसम्म सबैभन्दा धेरै बिक्री हुने फाइभजी फोनको रुपमा रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०