close

आफ्नै महिला साथीको नग्न तस्वीर र भिडियो पोर्न साइटमा अपलोड गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

पुस ९, २०७७ १३:३०

आफ्नै महिला साथीको नग्न तस्वीर र भिडियो पोर्न साइटमा अपलोड गर्ने व्यक्ति पक्राउ

काठमाडौं । महिलाको अर्धनग्न तथा नग्न तस्वीर, भिडियो पोर्न साइटमा अपलोड गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

मकवानपुर जिल्लास्थित हेटौडा उपमहानगरपालिका वडा नं ४ पारिजात पथ बस्ने ३६ वर्षीय अश्लम अन्सारीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे सहयाेगमा हेटौंडाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूराेले जानकारी दिएकाे छ ।

अन्सारीले मकावनपुर घर भई हाल थाइल्यान्डमा बस्ने आफ्नै महिला साथीकाे नग्न तथा अर्ध नग्न तस्वीर र भिडियाे पाेर्न साइट लगायतमा अपलाेड गर्नुका साथै उक्त सामग्री पोर्न साईटहरुबाट हटाउन लाखौं रकम माग गरी ब्ल्याकमेल गर्दै आएका थिए ।

यौन उत्पीडन दिने, यौन दुराचार गर्ने, दुःख हैरानी दिने कार्य गरी विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाइएको हुँदा निज अन्सारीलाई पक्राउ गरी अनुसन्धान थालिएकाे प्रहरीले बताएकाे छ ।

त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा ईन्द्रायणी (परिवर्तित नाम) को फेक आईडी बनाई निजको आफन्त तथा नजिकका साथीहरुलाई यौनजन्य, अश्लील सन्देश तथा तस्वीर पठाउने, यौन अश्लीलतायुक्त अनर्गल सामाग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने एक व्यक्ति पनि मंगलबार पक्राउ परेका छन् ।

गोरखा जिल्ला सुलिकोट गाउँपालिका वडा नं. ५ बारपाक घर भई हाल ललितपुर गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँ बस्ने वर्ष २० का रोलक वहादुर थापालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूराेले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०