close

प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण डिशहोममा

टेकपाना टेकपाना

पुस ९, २०७७ २१:४२

प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण डिशहोममा

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी ट्वान्टी) २०७७ तथा पीएम कप पुरुष (एक दिवसीय) २०७७ काे प्रत्यक्ष प्रसारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

यही डिसेम्बर २६ देखि दाङ, लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी ट्वान्टी) २०७७ मा एक विभागीय टोली र ७ प्रादेशिक महिला टोलीहरु सहभागी हुँदैछन् ।

यसैगरी काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा जनवरी २०२१ देखि सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशिक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०