close

काखमा राखेर ल्यापटप चलाउनुहुन्छ ? स्वास्थ्यमा यस्ता हुन्छन् खतरा

टेकपाना टेकपाना

पुस १०, २०७७ ११:३३

काखमा राखेर ल्यापटप चलाउनुहुन्छ ? स्वास्थ्यमा यस्ता हुन्छन् खतरा

काठमाडौं । आजको जमानामा ल्यापटप सामान्य भइसकेको छ । घर होस् वा कार्यालय, ल्यापटपले धेरै सजिलो बनाइदिएको छ । बोकेर हिँड्न सजिलो र यसभित्र धेरै सुविधा भएकाले पनि आजको सूचना प्रविधि युगमा ल्यापटप अभिन्न हिस्सा बनेको छ ।

ल्यापटपले हाम्राे जीवनशैली नै परिवर्तन गरिरहेकाे छ । तर याेसँगै थुप्रै चुनाैती पनि सिर्जना गरिरहेकाे छ । आज हामी ल्यापटपको प्रयोगमा सावधानी अपनाउन नसक्दा हुने केही खतराबारे चर्चा गर्दैछौं ।

ल्यापटप आफैंमा काख (ल्याप) मा राखेर प्रयोग गर्न सकिने उपकरण हो । किनकि बोक्न सजिलो र जहाँ पनि साथमा सँगै राखेर यसकाे प्रयोग गर्न सकिन्छ ।

वास्तवमा ल्यापटपले विभिन्न किसिमका विकिरणहरु उत्सर्जन गरिरहेको हुन्छ । यी उत्सर्जनहरु मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । तपाईंको महत्वपूर्ण अंगले ल्यापटपबाट आउने यस्ता अस्वस्थ इलेक्ट्रोम्याग्नेटिक विकिरण लिन थाल्याे भने गम्भीर खतरा सिर्जना हुन सक्छ ।

यदि तपाईंले ल्यापटप काखमा राखेर चलाइरहनु भएको छ भने सबैभन्दा ठूला खतरा भनेकाे यसले तपाईंको प्रजनन अंगहरुलाई नराम्ररी हानी पुर्‍याउँछ, जसले प्रजनन क्षमतामा ह्रास ल्याउन थाल्छ ।

ल्यापटपले वायरलेस इन्टरनेट सिग्नल (माइक्रोवेब) ग्रहण गर्छ र वरपर इलेक्ट्राेनिक विकिरण पैदा गर्दछ । तपाईंको प्रजनन प्रणालीसँग यसको निकटताले पुरुष प्रयोगकर्ताको शुक्राणु गणना र महिलाको अण्डा निष्कासनमा जोखिम पैदा गर्न थाल्दछ ।

यसकारण लामो समयसम्म ल्यापटपको प्रयोगले पुरूषकाे मात्रै हाेइन, महिलाको प्रजनन क्षमतालाई पनि असर गर्न सक्छ। यसले डिम्ब वा अण्डाहरूको उत्पादनमा ढिलाइ गर्न सक्छ र गर्भधारण गर्न थप गाह्रो बनाउँदछ ।

बच्चाहरू जन्मिए पनि जन्मजात समस्या लिएर जन्म लिने र शारीरिक विकासमा नकारात्मक असर पुग्ने विभिन्न अनुसन्धानहरूले उल्लेख गरेका छन् ।

काखमा राखेर ल्यापटप चलाउँदा यसले क्यान्सरको केही प्रकार समेत निम्त्याउन सक्छ । ताताे ल्यापटपले तपाईंको छाला बिगार्न सक्छ, र छालाको क्यान्सरसमेत हुन सक्छ, जुन छालाको क्यान्सरको सामान्य रूपभन्दा ठूलाे हुन्छ ।

प्रजनन अंगहरू नजिकै ल्यापटप राख्नाले अण्डकोष र डिम्बसम्बन्धी क्यान्सरहरू पनि निम्त्याउन सक्छ।

साथै काखमा राखेर लामाे समयसम्म ल्यापटप चलाउँदा तपाईंको घाँटी र शरीरको पछाडि भागमा दु:खाइ हुन सक्छ, जसले दीर्घकालीन पीडा दिनेछ । त्यस्तै धेरैलाई अनिद्राकाे समस्या र आँखामा गम्भीर असर समेत गरिरहेकाे हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०