close

महारानी एलिजाबेथको डिपफेक भिडियो टिभीमा बजेपछि हंगामा

टेकपाना टेकपाना

पुस १०, २०७७ १५:१७

महारानी एलिजाबेथको डिपफेक भिडियो टिभीमा बजेपछि हंगामा

काठमाडौं । क्रिसमस डेको अवसरमा महारानी एलिजावेथको डिपफेक प्रयोग गरी बनाइएको फेक भिडियो प्रसारण गरेपछि बेलायती टेलिभिजन च्यानल च्यानल फोर विवादको घेरामा तानिएको छ ।

पाँच मिनेटको उक्त भिडियोमा महारानी एलिजावेथको अल्टर भर्सन देखाइएको छ, जसमा उनले २०२० को वर्षको समिक्षा गरेकी छन् । जसमा राजकुमार ह्यारी र राजकुमारी मेघन मर्कल दरबारबाट बाहिरिएको देखि महामारी असन्तुष्ट रहेकी वित्तीय अधिकारी जेफ्रे इपिस्टेनसँग ड्युक अफ योर्कको संलग्नता जस्ता गम्भीर पारिवारिक विषयको जिकिर गरिएको थियो ।

उक्त डिपफेक भिडियोको भ्वाइस ओभर भने कलाकार डेब्र स्टेफेनसनले गरेकी थिइन् । तर च्यानल फोरले भने उक्त प्रसारण डिजिटल युगमा भ्रामक समाचारको खतरामाथि चेतावनी दिन प्रसारण गरेको भन्दै आफ्नो बचाउ गरेको छ ।

प्रोग्राम डिरेक्टर इयान काट्जले भिडियोलाई ‘हामीले हाम्रो आखाँलाई पनि विश्वास गर्ने सक्दैनौं भनेर सम्झाउन सक्ने एउटा शक्तिशाली भिडियो’ को रुपमा व्याख्या गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०