close

सबै सेवा एउटै एपमा दिने ‘सुपर एप’ सार्वजनिक

टेकपाना टेकपाना

पुस १५, २०७७ २१:९

सबै सेवा एउटै एपमा दिने ‘सुपर एप’ सार्वजनिक

काठमाडौं । सम्पूर्ण अनलाइन सुविधा भएको एप सार्वजनिक भएको छ । विजनेस ग्रोथ कम्पनीले बहुउपयोगी एपको रुपमा ‘सुपर एप‘ सञ्चालनमा ल्याएको हो ।

एपमा राइड शेयरिङदेखि अनलाइन शपिङसम्मको सुविधा रहेको कम्पनीले जनाएको छ । हाल राइड शेयरिङ मात्र सञ्चालनमा रहेकोमा निकट भविष्यमा अन्य सुविधा समेत थपिने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले बताए ।

पछिल्लो समय लोकप्रिय भएको राइड शेयरिङ सेवा यो एपमा बिना इन्टरनेट तथा एसएमएस समेत लिन सकिने कम्पनीको दाबी छ । काठमाडौं उपत्यकामा मात्र नभइ देशका अन्य सहरी भागमा पनि सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

कम्पनीले आफ्नो आम्दानीको केही प्रतिशत रकम समाज सेवामा लगाउने घोषणा समेत गरेको छ । रोजगारी गुमाएका युवाका लागि राइड शेयरिङ सेवा आम्दानी गर्ने एउटा गतिलो विकल्प बनेको छ ।

राइड शेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहीहरुले सस्तो, विश्वसनीय सेवा पाउनुका साथै समयको समेत बचत हुने कम्पनीका सीईओ विशाल जिसीले बताए । एपमा उच्च गुणस्तरीय प्रविधिको प्रयोग गरिएको उनको दाबी छ ।

कम्पनीमा हाल दक्ष अनुभवि सात जना व्यवस्थापक र प्राविधिक कार्यरत छन् । हाल सुपर एपका प्रयोगकर्ता बढ्दो क्रममा रहेका छन् ।

राइडर र ग्राहकमाझ सुपर एप लोकप्रिय हुँदै गएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल सुपर एपका प्रयोगकता १५ हजारभन्दा भन्दा बढी रहेका छन् भने पाँच हजारभन्दा बढी सवारी साधनहरु जोडिएका छन् ।

सुपर एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफूलाई रजिस्टर गराउन सक्छन् । साथै ग्राहकले पनि सुपर एप डाउनलोड गरेर आफ्नो व्यक्तिगत विवरण भरी रजिस्टर गराउन सक्छन् ।

यसका लागि राइडरले सुपर पार्टनर र ग्राहकले सुपर एप डाउनलोड गर्नुपर्ने हुन्छ । ‘हाम्रो शुल्क बजारमा रहेका अन्य सेवाप्रदायकभन्दा सस्तो पनि छ,’ कम्पनीका सीईओ जीसीले भने, ‘त्यसमाथि राइडरबाट समेत अरुलेभन्दा थोरै कमिसन लिने गरेका छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०