close

ह्वाट्सएपमा यसरी शेयर गर्नुहोस् आफ्नो लाइभ वा करेन्ट लोकेसन

टेकपाना टेकपाना

पुस १६, २०७७ १४:४१

ह्वाट्सएपमा यसरी शेयर गर्नुहोस् आफ्नो लाइभ वा करेन्ट लोकेसन

काठमाडौं । लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपमा अनेकौं फिचर छन् । जसमध्ये एउटा निकै उपयोगी फिचर हो, ह्वाट्सएप लोकेसन ।

यो फिचरको प्रयोग गरेर तपाईं आफ्नाव साथी वा परिवारका कुनै सदस्यलाई आफ्नो लोकेसन पठाउन सक्नुहुन्छ । तपाईं आफ्नो सुरक्षाका लागि समेत यो फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

यदि तपाईं कुनै अपरिचित स्थानमा जाँदै हुनुहुन्छ भने आफ्नो लोकेसन कुनै साथी वा परिवारका सदस्यसँग शेयर गर्न सक्नुहुन्छ । ह्वाट्सएपको सहयोगमा तपाईं आफ्नो वर्तमान वा लाइभ लोकेसन शेयर गर्न सक्नुहुन्छ ।

आज हामी तपाईंलाई लाइभ लोकेसन तथा करेन्ट लोकेसनबीचको भिन्नता र यसलाई प्रयोग गर्ने तरिकाको बारेमा बताउँदै छौं ।

लाइभ तथा करेन्ट लोकेसनमा के छ फरक ?

यदि तपाईं कसैलाई आफ्नो वर्तमान लोकेसन पठाउँदै हुनुहुन्छ भने यसले तपाईंको त्यस्तो लोकेसन पठाउनेछ, जहाँ तपाईं अहिले उपस्थित हुनुहुन्छ ।

जब कि यदि तपाईंले आफ्नो लाइभ लोकेसन पठाउनु भयो भने यसले एक स्थानबाट अर्को स्थान तपाईं जता जानुहुन्छ त्यतैको लोकेसन लाइभ रुपमा पठाउँछ ।

यसको मतलव लाइभ लोकेसन एउटा निश्चित स्थान होइन । तर करेन्ट लोकेसन भने एउटा निश्चित स्थान हो ।

कसरी गर्ने प्रयोग ?

  1. सबैभन्दा पहिला आफ्नो मोबाइलमा ह्वाट्सएप खोल्नुहोस् ।
  2. जसलाई आफ्नो लोकेसन पठाउन चाहनुहुन्छ, उसको नाममा गएर च्याट खोल्नुहोस् ।
  3. अब तपाईंले तल म्यासेज लेख्ने स्थानसँगै कागजमा लगाउने क्लिप जस्तो देखिने अट्याचमेन्ट आइकनमा थिच्नुपर्ने हुन्छ ।
  4. त्यसभित्र रहेको लोकेसनमा ट्याप गर्नुहोस् ।
  5. मोबाइलको जीपीएस बन्द छ भने त्यसलाई अन गर्नुहोस् ।
  6. अब त्यहाँ तपाईंले ‘शेयर लाइभ लोकेसन’ र ‘सेन्ड योर करेन्ट लोकेसन’ गरी दुई वटा विकल्प देख्नुहुनेछ ।
  7. आफ्नो आवश्यकता अनुसारको उपयुक्त विकल्प छान्नुहोस् सेन्ड बटनमा दबाउनुहोस् ।
  8. यसमा यदि तपाईंले लाइभ लोकेसन अप्सन रोज्नु भयो भने कति समयसम्को लाइभ लोकेसन पठाउने भन्ने विकल्प पनि पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०