close

विद्यार्थीका लागि माइक्रोसफ्टले इम्याजिन कप गर्दै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

पुस १७, २०७७ १५:५४

विद्यार्थीका लागि माइक्रोसफ्टले इम्याजिन कप गर्दै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । फेसबुक र ट्वीटरजस्ता टेक जायन्टहरु कुनै बेला केबल एक विद्यार्थी प्रोजेक्ट थिए । तर सही समयमा एक्सपोजर तथा मलजल पाएर आज यी कम्पनीहरु विश्वको महङ्गो कम्पनीमा सूचीकृत छन् ।  

तपाईंसँग पनि यस्ता आइडिया छन्, जसलाई माथि पुग्न ग्रुमिङ र संसाधनको खाँचो छ भने तपाईंका कलिला कदमलाई साथ दिन इम्याजिन कप आयोजना हुँदैछ ।

विगत १८ वर्षदेखि आयोजना हुँदै आइरहेको इम्याजिन कप विश्वकै प्रिमियर स्टुडेन्ट टेक्नोलोजी कम्पिटिसन हो । यस प्रतिस्पर्धामा विश्वका सबै कुनाका विद्यार्थीहरुले भाग लिन सक्छन् । 

विद्यार्थीहरुलाई आफ्नो सपना वास्तविकतामा परिणत गर्न सघाउने उद्देश्यले सन् २००३ देखि माइक्रोसफ्टले यस किसिमको प्लेटफर्म प्रदान गर्दै आइरहेको छ । 

इच्छुक विद्यार्थीहरुले आफ्नो सोचलाई पूर्णरुपमा दिन टिम तयार पार्नेदेखि, मेन्टर तथा त्यस क्षेत्रमा अग्रणी व्यक्तिहरुसँग काम गर्ने र प्रतिक्रिया लिदैँ आफ्नो प्रोजेक्ट विकास गर्ने काम गर्नसक्छन् ।  

विद्यार्थीहरुले आफ्नो प्यासनको विषयमा टेक एप्लिकेसन तयार गर्न सक्नेछन् । तर इम्याजिन कप आफैमा एउटा प्रतिस्पार्धामात्र होइन । यसमा विद्यार्थीले नयाँ साथी बनाउन, प्रोफेसनलहरुसँग सञ्जाल बनाउन, नयाँ सिप प्राप्त गर्न तथा आफू वरिपरीको विश्वलाई फरक बनाउने कोसिस गर्न सक्छन् । 

प्रतिस्पर्धामा अब्बल परियोजना बनाउन सफल विद्यार्थीले मेन्टरसिप जित्नका साथै पैसा तथा अन्य उपहार समेत जित्न सक्छन् । 

२०२१ को इम्याजिन कप श्रृंखला सुरु भइसकेको छ । इच्छुक विद्यार्थीहरुले प्रतिस्पर्धाका लागि आवेदन दिन सक्ने छन् । 

यस वर्षको इम्याजिन कप पृथ्वी, शिक्षा, स्वास्थ र जीवनशैली चार शीर्षक अन्तर्गत रहेर प्रतिस्पर्धा हुनेछ । इच्छुकहरुले यस लिङ्कमा गएर प्रतिस्पर्धाका लागि आवेदन दर्ता गराउन सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०