close

अम्बानी र ज्याक मालाई उछिन्दै झोङ शानशन बने एसियाका धनाढ्य व्यक्ति

टेकपाना टेकपाना

पुस १७, २०७७ १७:३२

अम्बानी र ज्याक मालाई उछिन्दै झोङ शानशन बने एसियाका धनाढ्य व्यक्ति

काठमाडौं । भारतका धनाढ्य तथा रिलायन्स जिओका स्वामित्वकर्ता मुकेश अम्बानी र चिनियाँ टेक जायन्ट कम्पनी अलिबाबाका संस्थापक ज्याक मा अब एसियाका पहिलो र दोस्रो वरियताका धनाढ्य रहेनन् ।

हालै उनीहरुलाई पछि पार्दै झोङ शानशन एसियाको नम्बर एक धनाढ्य तथा विश्वको एघारौं शीर्ष धनाढ्यको सूचीमा पर्न सफल भएका हुन् ।

पत्रकारितामा भविष्य अनिश्चित देखेपछि च्याउ खेती र स्वास्थ क्षेत्रतिर लागेका सानसानको कूल सम्पत्ति यसै वर्ष ७० अर्ब ९० करोड डलरदेखि बढेर ७७ अर्ब ८० करोड डलर पुगेको ब्लुमबर्ग बिलिनियर इन्डेक्समा देखिएको छ ।

धनाढ्यहरुको इतिहासमा सम्पत्ति संकलनको यो सबैभन्दा तीव्र रेकर्ड हो । आश्चर्यको कुरा त के छ भने यसअघिसम्म सानसान चीनभन्दा बाहिर परिचित नै थिएनन् । झोङ सानसान मिडियामा दुर्लभै छाउने धनाढ्य हुन् ।

६६ वर्षिय झोङ कुनै राजनीति वा व्यवसायिक पृष्ठभूमिसँग सम्बद्ध छैनन् । न त कुनै पनि धनाढ्यसँग उनको सम्बन्ध छ । यसैले उनलाई चीनमा ‘लोन उल्फ’ पनि भनिन्छ । 

उनले व्यवसायिक सफलता दुई असम्बन्धित क्षेत्रबाट हासिल गरेका हुन् । गत अप्रिलमा मात्र उनले बेइजिङ अवस्थित एउटा भ्याक्सिन निर्माणकर्ता कम्पनी वान्टाई बायोलोजिकल फार्मेसी इन्टरप्राइजको पब्लिकको स्वामित्व ग्रहण गरेका थिए ।

त्यसको केही महिनामै उनले अर्को वाटर बोटल कम्पनी नोङफू स्प्रिङ पनि खरिद गरे । यी दुवै कम्पनी चाँडै नै हङकङको सर्वाधिक महङ्गो पब्लिक कम्पनीको रुपमा सूचीकृत भयो । नोङफूको शेयर १५५ प्रतिशतले बढ्यो भने वान्टाइको शेयर २००० प्रतिशतले बढ्यो ।

प्राविधिक क्षेत्रसँग सम्बद्ध व्याक्तित्वहरुले धनाढ्यहरुको सूचीमा एकाधिकार जमाइरहेको अवस्थामा सानसानको सफलतालाई विश्वले निकै पृथकरुपमा लिएको छ । 

एसियाको नम्बर एक धनाढ्यको सूचीमा रहेका अम्बानी आफ्नो स्थानबाट विस्थापित भएका छन् । तर यति हुँदै गर्दा पनि यो वर्ष उनका लागि समेत सौभाग्यशाली रह्यो ।

उनले आफ्नो संयुक्त रिलायन्स उद्योगलाई प्राविधिक तथा ईकमर्श टिटानको रुपमा विकास गरेर लैजाने मौका पाए । यस्तै उनको सम्पत्ति पनि १८ अर्ब ३० करोडको सम्पत्तिदेखि बढेर ७६ अर्ब ९० करोड अमेरिकी डलर पुग्न सफल भयो । 

कुनै समय विश्वको चौंथो धनाढ्यको रुपमा रहेका अम्बानीको रिलायन्सको शेयर स्थिर भएको थियो किनभने आफूले बाचा गरेको डिजिटल ट्रान्सफर्मेसनको युग ल्याउने तयारीमा उनी थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०