close

सुबिसु बन्यो देशकै दोस्रो ठूलो एफटीटीएच इन्टरनेट कम्पनी

टेकपाना टेकपाना

पुस १९, २०७७ १७:४२

सुबिसु बन्यो देशकै दोस्रो ठूलो एफटीटीएच इन्टरनेट कम्पनी

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु देशकै दोस्रो ठूलो एफटीटीएच इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो प्रतिवेदन अनुसार यसअघि तेस्रो स्थानमा रहेको सुबिसु प्रतिस्पर्धी कम्पनी भायनेटलाई पछि पार्दै एफटीटीएचमा दोस्रो स्थान बनाउन सफल भएको हो ।

सुबिसुले असोज मसान्तसम्म आइपुग्दा कूल एक लाख २३ हजार ३१६ वटा एफटीटीएच कनेक्सन जडान गर्न सफल भएको छ । भदौसम्मको तथ्याङ्कमा भने भायनेटको एफटीटीएच कनेक्सन एक लाख १७ हजार २५३ र सुबिसुको कनेक्सन एक लाख १५ हजार ९४५ रहेको थियो ।

असोजमा तेस्रो स्थानमा पुगेको भायनेटको कूल एफटीटीएच कनेक्सन भने एक लाख २१ हजार १५९ रहेको छ । पहिलो स्थानमा रहेको वर्ल्डलिङ्कको एफटीटीएच ग्राहक संख्या चार लाख ९ हजार ६४ रहेको छ ।

यसैगरी सूचीको चौथो स्थानमा रहेको अर्को निजी इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकका कूल एफटीटीएच ग्राहक एक लाख १२ हजार ८९१ छन् भने पाँचौ स्थानमा रहेको टेलिकमको ग्राहक संख्या ५९ हजार ७१३ रहेको छ ।

अन्य कम्पनीका एफटीटीएच इन्टरनेट ग्राहकको संख्या कूल एक लाख ६७ हजार १११ रहेको छ ।यद्यपी वायरलेस र केवल समेत गणना गर्दाको अवस्थामा भने नेपाल टेलिकम दुई लाख ६४ हजार ५७४ ग्राहकका साथ दोस्रो स्थानमा र एक लाख ६० हजार ८३१ कूल ग्राह संख्याका साथ सुबिसु तेस्रो स्थानमा छ ।

जब कि समग्रमा समेत पहिलो स्थानमा रहेको वर्ल्डलिङ्कको कुल ग्राहक संख्या चार लाख ११ हजार ४५९ पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०