close

सर्भरमा समस्या आउँदा ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रक्रिया रोकियो

टेकपाना टेकपाना

पुस २०, २०७७ १६:३५

सर्भरमा समस्या आउँदा ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रक्रिया रोकियो

काठमाडौं । यातायात व्यवस्था विभागले आफ्नो वेबसाइटको सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन प्रक्रिया रोकिएको छ ।

विभागको वेबसाइटमा गत पुस १४ गते अनलाइन फारम खुलाएदेखि नै समस्या छ । प्राय: विहानको समस्यामा सर्भर डाउनका कारण अनलाइन सेवा ठप्प हुँदा हजारौं सेवाग्राहीले सेवा लिन सकिरहेका छैनन् ।

सर्भरमा पुनः समस्या आउँदा विभागले सोमबारका लागि अनलाइन फर्म आवेदन अवरुद्ध भएको जानकारी दिएको छ ।

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१