close

फुडमाण्डु अब पोखरामा पनि, ग्राहकलाई ३० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

पुस २१, २०७७ ११:४५

फुडमाण्डु अब पोखरामा पनि, ग्राहकलाई ३० प्रतिशतसम्म छुट

काठमाडौं । सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले पहिलो पटक सेवा काठमाडौंबाहिर विस्तार गर्ने भएको छ । केही समय अघिमात्रै स्थापनाको १० औं वार्षिकोत्सव मनाएको कम्पनीले पोखरामा पहिलो शाखा खोल्ने भएको हो ।

ग्राहकको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले पोखरामा सेवा विस्तारको काम अघि बढाएको जनाएको छ । कम्पनीका अनुसार आउँदो बिहिबारदेखि पोखरामा सेवा सुरु हुनेछ । सेवा सुरु हुँदा फुडमाण्डुको प्लेटटफर्ममा ३० भन्दा बढी रेस्टुरेन्ट जोडिने छन् ।

फुडमाण्डुको पाेखरा टिम ।

ती रेष्टुरेन्टमा बन्ने विभिन्न परिकार ग्राहकले अनलाइनमार्फत नै अर्डर गर्ने सक्नेछन् । यसरी अर्डर गर्दा सेवा सुरुवातको अवसरलाई लिएर कम्पनीले ३० प्रतिशतसम्मको छुट समेत प्रदान गर्ने जनाएको छ । यो अफर जनवरी महिनाभरी चल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१