close

कुन होला टेलिकमको सस्तो र उपयुक्त डेटा प्याक ?

टेकपाना टेकपाना

पुस २७, २०७७ २१:७

कुन होला टेलिकमको सस्तो र उपयुक्त डेटा प्याक ?

काठमाडौं । बजारमा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेल गरी तीन वटा कम्पनीले मोबाइल सेवा दिइरहेका छन् । उनीहरुको भ्वाइस तथा डेटामा आ–आफ्नै दर–रेट छ । 

नियमित दर–रेट भन्दा सस्तोमा डेटा र भ्वाइस प्रयोग गर्न सकिने गरी कम्पनीहरुले ग्राहकका लागि नयाँ–नयाँ प्याकेज तथा अफरहरु ल्याइरहेका हुन्छन् । तर, पनि त्यसको विषयमा पूर्ण जानकारी नहुँदा हामी प्याकेज नलिएरै महंगोमा सेवा उपभोग गरिरहेका हुन्छौं ।

जसको प्रतिफल कल तथा डेटामा अनावश्यक रुपमा ठूलो खर्च भइरहेको हुन्छ । सामान्यतया मोबाइल सेवाप्रदायकहरुको भ्वाइस र डेटामा दुई प्रकारको सर्भिस मोडल छ ।

एउटा ‘पे एज यु गो’ अर्थात जति भ्वाइस तथा डेटा प्रयोग गर्‍यो त्यति नै रकम तिर्नुपर्ने । अर्को हो, ‘प्याक मोडल’ । यसमा प्रयोगकर्ताले निश्चित शूल्क तिरेर प्याक किन्नुपर्छ ।

यसमा प्रयोग गरे पनि नगरे पनि पैसा जान्छ । तर, प्याक मोडलमा जाने हो भने ‘पे एज यु गो’ मोडलको तुलनामा सेवा निकै सस्तो पर्न जान्छ ।

डेटा प्याक ‘पे एज यु गो’ र ‘डेटा प्याक’ गरी दुवै मोडलमा उपलब्ध छ । टेलिकमले प्रति दिन एक जीबी प्याक, रातीका लागि अनलिमिटेड प्याक, डे प्याक, साप्ताहिक प्याक, २८ दिने प्याक, फोरजी प्याक आदि विभिन्न प्याक पनि उपलब्ध गराइरहेको छ । जुन एकदमै सस्तो पर्न जान्छ ।

‘पे एज यु ग्रो’ मोडलमा टेलिकमको डेटा प्रयोग गर्दा प्रति एमबी एक रुपैयाँ पर्न जान्छ । तर, प्याक खरिद गरी प्रयोग गर्दा प्रति दुई-तीन पैसामै चलाउन सकिन्छ ।

यदि तपाईं मोबाइलमा धेरै डेटा प्रयोग गर्नुहुन्छ भने प्याक लिएर सेवा प्रयोग गर्नु नै तपाईंका लागि उपयुक्त हुन्छ । तपाईंहरुले कम्पनीको मोबाइल एप, वेबसाइट अथवा मोबाइलबाट सोझै *१४१५# डायल गरी टेलिकमका विभिन्न डेटा प्याकहरु रोजेर लिन सक्नुहुन्छ ।

झट्ट हेर्दा प्रति एमबी सस्तो देखिए पनि यदि प्याक खरिद गरेर सम्पूर्ण रुपमा खपत गर्नु भएन भने चाहिँ तपाईंलाई प्याक लिएको डेटा महंगो समेत पर्न सक्छ । त्यसैले आफ्नो लागि उपयुक्त डेटा प्याक रोज्नु अघि आफ्नो आवश्यकता र प्रयोगको विषयमा राम्रोसँग सोच्नुहोस् ।

आज हामी तपाईं टेलिकमले उपलब्ध गराइरहेका विभिन्न डेटा प्याकहरु मध्ये तपाईंका लागि कुन उपयुक्त हुन सक्छ भन्ने विषमा चर्चा गर्दै छौं । 

फोरजी प्याक

फोरजी नेटवर्कमा मात्र प्रयोग गर्न मिल्ने गरी ल्याइएको यो प्याकेजमा १ देखि २८ दिनसम्मका विभिन्न विकल्पहरु दिइएको छ ।

जसमा सबैभन्दा सस्तो दर भनेकै २५ रुपैयाँमा एक दिनका लागि ४०० एमबी डेटा हो । जसका लागि प्रति एमबी ६.२५ पैसा पर्न आउँछ । 

अवधिभोलुममूल्यदर
१ दिन१०० एमबी१५१५ पैसा
१ दिन४०० एमबी२५६.२५ पैसा
७ दिन१ जीबी१००१० पैसा
२८ दिन३ जीबी२६०८.६७ पैसा

डे प्याक 

बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने गरी टेलिकमले डे प्याक उपलब्ध गराइरहेको छ । दुई वटा मात्र विकल्प रहेको यो प्याक अन्तर्गत सस्तोमा ६ पैसा प्रति एमबीका दरले डेटा प्रयोग गर्न सकिन्छ । 

भोलुममूल्यप्रति एमबी
२५० एमबी१५६ पैसा
१२० एमबी१० रुपैयाँ८.३३ पैसा

अल टाइम डेटा प्याक

यसअन्तर्गत कम्पनीले ८०० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १६ जीबी डेटा दिइरहेको छ । जसअनुसार प्रति जीबीका लागि ५० रुपैयाँ तथा प्रति एमबीका लागि ५ पैसा पर्न आउँछ ।

यो प्याकेज नै यस अन्तर्गतको सबैभन्दा सस्तो विकल्प हो । अल टाइम डेटा प्याक अन्तर्गत तपाईंले १ दिन, ३ दिन, ७ दिन र २८ दिनका विभिन्न प्याकेज रोजेर लिन सक्नुहुन्छ ।

जसमा तपाईंले जति थोरै अवधि र मूल्यको प्याक रोज्नु भयो, त्यसै आधारमा प्रति एमबी ५ पैसादेखि १५ पैसा मूल्य पर्न जान्छ । यस अन्तर्गतका प्याक लिन *1415# डायल गरी अटमन हुँदै अलटाइम डेटाप्याकभित्र जान सक्नुहुन्छ । 

अवधिभोलुममूल्य रुप्रति एमबी
१ दिन१०० एमबी१५१५ पैसा
१ दिन२५० एमबी२५१० पैसा
३ दिन५०० एमबी६०१२ पैसा
७ दिन८०० एमबी१००१२.५ पैसा
२८ दिन२.५ जीबी२८०११.२ पैसा
२८ दिन७ जीबी५००७.१४ पैसा
२८ दिन१६ जीबी८००५ पैसा

लार्ज डेटा प्याक

टेलिकमले लामो समयका लागि धेरै डेटा लिन चाहने ग्राहका लागि लार्ज अर्थात ठूलो डेटा प्याक समेत ल्याएको छ । जसमा सबैभन्दा सस्तो विकल्पको रुपमा प्रति एमबी ५ पैसा पर्न जान्छ ।

कम अवधिका अन्य प्याकेजमा डेटा प्रयोग गर्न नपाउँदै समयावधि समाप्त भइरहेको हुन्छ । तर यसमा लामो समयावधि रहने भएकाले त्यस किसिमको चिन्ता रहँदैन ।

अर्थात एक पटक डेटा प्याक लिइसकेपछि दुईदेखि चार महिना ढुक्क भइन्छ । यदि प्याक खपत नगर्दै सकिने चिन्ता छ भने अग्रिम रुपमा धेरै रकम तिर्नुपरे पनि यो तपाईंका लागि सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ । 

अवधिभोलुममूल्यप्रति एमबी
६० दिन३० जीबी१६००५.३३ पैसा
१२० दिन६० जीबी३०००५ पैसा

प्रति दिन एक जीबी डेटा

यस अन्तर्गत टेलिकमले ८५० रुपैयाँमा प्रति दिन एक जीबी डेटा २८ दिनसम्म उपलब्ध गराउँदै आएको छ । जसअनुसार प्रति जीबी डेटाका लागि ३०.३६ रुपैयाँ तथा प्रति एमबी ३.४ पैसा पर्न आउँछ । 

साथै कम्पनीले यो प्याकेजमा २८ दिनसम्म प्रति दिन १४ मिनेट नेटवर्क भित्र कुराकानी गर्न सकिने गरी कूल ३९२ मिनेट नेट भ्वाइस बोनस समेत दिइरहेको छ । कम्पनीले २५० रुपैयाँमा सात दिनसम्म प्रति दिन एक जीबी डेटा उपलब्ध गराउँछ ।

यो प्याक लिँदा प्रति जीबीका लागि ३५.७१ रुपैयाँ तथा प्रति एमबीका लागि ३.५७ पैसा पर्न आउँछ ।  यसमा पनि एक हप्तासम्म प्रति दिन १४ मिनेट गरी कूल ९८ मिनेट नेट भ्वाइस कल बोनसको रुपमा उपलब्ध छ । 

जब कि एक दिनका लागि मात्र यो प्याकेज लिँदा एक जीबीको ४५ रुपैयाँ तथा प्रति एमबीको ४.५ पैसा खर्च लाग्छ । तर यसमा भने भ्वाइस कल बोनसको रुपमा दिइएको छैन । 

अवधिभोलुममूल्य रुप्रति एमबी
१ दिन१ जीबी४५४.५ पैसा
७ दिन७ जीबी+ ९८ मिनेट भ्वाइस२५०३.५७ पैसा (बोनस ९८ मिनेट भ्वाइस)
२८ दिन२८ जीबी+ ३९२ मिनेट भ्वाइस८५०३.४ पैसा (बोनसमा ३९२ मिनेट भ्वाइस)

स्टे कनेक्टेड प्याक

टेलिकमले कोभिड १९ को महामारिको समयलाई लक्षित गर्दै ल्याएको यो प्याक अझै कायम छ । जुन कम्पनीका उपलब्ध डेटा प्याक मध्ये सबैभन्दा सस्तो विकल्प हो । 

यसमा तपाईंले प्रति मिनेट २ पैसामै मोबाइल डेटा प्रयोग गर्न सक्नुहुन्छ । तर यसमा उपलब्ध डेटा मध्ये धेरै जसो डेटा फोरजी नेटवर्कमा मात्र प्रयोग गर्न सकिन्छ ।

यदि तपाईं फोरजी कभरेज भएको स्थानमा हुनुहुन्छ र धेरै डेटा आवश्यक पर्छ भने यो नै सबैभन्दा उपयुक्त विकल्प हो । यसमा तपाईंले चार पटक सात दिने प्याक लिँदा समेत २८ दिनका लागि ८०० रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ ।

अवधिभोलुममूल्यप्रति एमबी
५ दिन४ जीबी (१ जीबी अलनेट+ ३ जीबी फोरजी)१००२.५ पैसा
७ दिन१० जीबी (२ जीबी अल नेट+ ८ जीबी फोरजी)२००२ पैसा

सोसल मिडिया

यदि तपाईं युट्युव वा फेसबुक मात्र चलाउने गरी डेटा प्याक खोजिरहनु भएको छ भने टेलिकमले त्यसको विकल्प समेत दिएको छ । जसमा तपाईंले अन लिमिटेड रुपमा फेसबुक तथा युट्युव प्रयोग गर्ने सुविधा समेत पाउनु हुनेछ ।  

अवधिभोलुममूल्य
३ दिनअनलिमिटेड फेसबुक५५ रुपैयाँ
३ दिनअनलिमिटेड युट्युव५५ रुपैयाँ
३ दिन१ जीबी फेसबुक/युट्युव१५ रुपैयाँ

अनलिमिटेड डेटा

एक रात मान्य अवधि रहेको यो प्याकेजको मूल्य २० रुपैयाँ राखिएको छ । यसमा तपाईंले एक जीबीसम्म नियमित गतिमा र त्यसपछि सीमित गतिमा डेटा प्रयोग गर्न सक्नुहुन्छ ।

यो डेटा प्याक राति ११ बजेदेखि बिहान ६ बजेको बीचमा प्रयोग गरी सक्नुपर्ने हुन्छ । त्यसैगरी एक घण्टासम्म प्रयोग गर्न सकिनेगरी अनलिमिटेड डेटा प्याक समेत लिन सक्नुहुन्छ ।

जसमा तपाईंले २० रुपैयाँमा एक घण्टा अवधिभर अनलिमिटेड कल, डेटा तथा एसएमएस सेवा प्रयोग गर्न सक्नुहुन्छ । 

पोस्टपेड प्याक

टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताले हरेक महिना मोबाइलमा रेन्टल चार्जको रुपमा न्युनतम ३८४ रुपैयाँ खर्च गर्नै पर्ने हुन्छ । यदि तपाईंले कुनै पनि सेवा लिनु भएन वा अन्य भ्वाइस तथा डेटा प्याक मात्र प्रयोग गर्नु भयो भने पनि छुट्टै रेन्टल चार्ज लाग्ने गर्दछ । 

यस्तोमा सहजताका लागि टेलिकमले पोस्टपेड प्याक ल्याएको हो । जसमा तपाईंले ३८४ रुपैयाँको बेसिक प्याकेज लिनु भयो भने एक महिनाका लागि ८ जीबी डेटा पाउनु हुनेछ ।

जसअनुसार प्रति एमबी ४.८ पैसामा डेटा प्रयोग गर्न सकिन्छ ।  त्यसो त ५९९ रुपैयाँमा उपलब्ध प्राइम प्याकेजमा समेत ६ जीबी डेटा उपलब्ध छ । यसमा ६ जीबी डेटासँगै ४०० मिनेट अन नेट तथा ५० मिनेट अफ नेट र २०० वटा एसएमएस समेत दिइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१