close

चिनियाँ स्मार्टफोनको व्यापारमा २० प्रतिशतले गिरावट

टेकपाना टेकपाना

पुस २९, २०७७ २०:८

चिनियाँ स्मार्टफोनको व्यापारमा २० प्रतिशतले गिरावट

काठमाडौं । चिनियाँ स्मार्टफोनको व्यापार अघिल्लो वर्षको तुलनामा २० प्रतिशले घटेको छ । कोभिड १९ का कारण स्मार्टफोनको आपूर्ति संयन्त्रमा परेको असरले व्यापार घटेको चाइना एकेडेमी अफ इन्फर्मेसन एण्ड कम्युनिकेशन (सीएआईसीटी) ले जारी गरेको तथ्याङ्कले देखाएको छ ।

तर फाइभजी मोडलका स्मार्टफोनको व्यापार भने बढेको छ । सीएआईसीटीका अनुसार याे वर्ष कुल २९५.७ मिलियन मोबाइल सेट बिक्री भएको छ । यसमध्ये ५५ प्रतिशत डिभाइस फाइभजी स्मार्टफोन रहेका छन् ।

कुल बिक्री भएका फाेनमध्ये ८७.५ प्रतिशत मोबाइल फोन चिनियाँ ब्राण्डकै रहेको छ । यसले पनि चीनमा अन्य देशका स्मार्टफाेनले बजार जमाउन संघर्ष गरिरहेकाे देखाउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१