close

आन्तरिक राजश्व कार्यालयको कर भुक्तानी एभरेष्ट बैंकको मोबाइल एपबाट गर्न सकिने

टेकपाना टेकपाना

माघ १, २०७७ ८:५३

आन्तरिक राजश्व कार्यालयको कर भुक्तानी एभरेष्ट बैंकको मोबाइल एपबाट गर्न सकिने

काठमाडौँ । एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली सुरु गरेको छ।

बैंकका व्यवस्थापकहरुका अनुसार यस विद्युतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ र हाल कोभिड १९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रियाको अन्त्य गर्नेछ।

कोभिड १९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो।

देशैभरि छरिएर रहेको १०० शाखा सञ्जाल, प्रादेशिक कार्यालय , १३२ एटिएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको पनि बैंकले जनाएको छ।

नेपाल सरकारको राजस्व संकलनको लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको एभरेष्ट बैंकले जनाएको छ ।

गुगल प्ले स्टाेरबाट एप डाउनलाेड गर्न यहाँ र एप स्टाेरबाट एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१