close

यसरी आफैले समाधान गर्नुहोस् आईओएस १४.३ को बग र समस्या

टेकपाना टेकपाना

माघ १, २०७७ १३:१४

यसरी आफैले समाधान गर्नुहोस् आईओएस १४.३ को बग र समस्या

काठमाडौं । पछिल्लो महिनादेखि आईओएस प्रयोगकर्तालाई चिन्ताले पिरोलिरहेको एउटै विषय हो, आईओएस १४.३ मा भएको बग । धेरै प्रयोगकर्ता यो बग र समस्याको सम्बोधन हुने अपेक्षामा छन् । तर एप्पलले नयाँ अपडेटका लागि कुनै संकेत दिएको छैन ।

बगका कारण प्रयोगकर्ताहरु निराश छन् । यसले ब्याट्रीलाई कमजोर बनाउने, फोन कल र रिसिभमा समस्या हुने, ब्लुटूथ, वाईफाई र नोटिफिकेसन डिस्प्ले नहुने लगायतका समस्या देखिएको छ ।

कम्पनीले हालसम्म नयाँ अपडेट उपलब्ध उपलब्ध गराएको छैन । तर यी समस्यालाई तपाईंले आफ्नै स्तरबाट पनि समाधान गर्न सक्नुहुन्छ ।

नोटिफिकेसन बगको समाधानका लागि अधिकांशले ‘हाइड अलर्ट’ फिचरलाई रिसेट गरिरहेका छन् । यसका लागि म्यासेजमा कन्भर्सेसनमा क्लिक गर्नुहोस् । टप स्क्रिनमा रहेको नाम वा नम्बरमा ट्याप गरेर ‘इन्फो’ मा ट्याप गर्नुहोस् ।

आईओएस १४.३ मा रहेको अर्को बगले अटोमेटिक म्यासेज जाने समस्या उत्पन्न गराइरहेको छ । प्रयोगकर्ताहरुले स्क्रिनमा हातले स्पर्श गर्दा पनि यस्तो सेटिङ बन्ने गरेको छ ।

यस्तै ग्लोबल नोटिफिकेसन सेटिङलाई सेटिङ हुँदै नोटिफिकेसनबाट पनि धेरैले फिक्स गरिरहेका छन् । फोनमा बट डायल (फोन जो पायो त्यो कन्ट्याक्टमा डायल) हुने समस्या पनि देखिएको छ । फोनमा भएको टच इन्टरफेसका कारण यस किसिमको परिवर्तन हुनसक्ने बताइएको छ ।

कलमा हुने समस्या, वाईफाई र ब्लुटुथका लागि एउटा विश्वसनीय समाधानको उपाय भनेको नेटवर्क सेटिङलाई रिसेट गर्नु हो । यसका लागि सेटिङ हुँदै जनरलबाट रिसेटभित्र रहेको रिसेट नेटवर्क सेटिङमा जानुहोस् ।

त्यस्तै ब्याट्री समस्या समाधान गर्न पनि दुई उपायहरु छन् । पहिलो भनेको सेटिङमा गएर जनरल ब्याट्री हुँदै ब्याट्री हेल्थमा जानुहोस् । यदि ब्याट्रीको अधिकतम क्षमता ८० प्रतिशतमा गएर अडिन्छ भने त्यहाँ समस्या हुनसक्छ ।

यसको समाधान भनेको नयाँ असली एप्पल ब्याट्री किन्नु नै हो । अर्को क्याच अल फिक्स भनेको न्युक्लियर अप्सन हो, जसमा सेटिङदेखि जनरल, रिसेट हुँदै रिसेट अल सेटिङ वा रिसेट अल कन्टेन्ट एण्ड सेटिङमा जानुहोस् ।

तर फूल रिसेट अल कन्टेन्ट एण्ड सेटिङ समय लाग्ने र मेहेनतको काम हो । यसैले यो झन्झट नबेहोर्नुहोस् । यसको सट्टा रिसेट अल सेटिङ गर्दा बेस हुन्छ। यसका लागि तपाईंले दुई पटक कनेक्टिभिटी सेटिङ गर्नुपर्छ, तर समय भने एकदमै कम लाग्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१