close

नेटफ्लिक्सका प्रयोगकर्ता २० करोड नाघे, पछिल्लो तीन महिनाको आम्दानी झण्डै ८ खर्ब

टेकपाना टेकपाना

माघ ७, २०७७ १५:१

नेटफ्लिक्सका प्रयोगकर्ता २० करोड नाघे, पछिल्लो तीन महिनाको आम्दानी झण्डै ८ खर्ब

काठमाडौं । २०२० अर्थात् कोरोनाको वर्ष नेटफ्लिक्सका लागि भने निकै शुभ सावित भयो । वर्षको अन्तिम त्रैमासमा कम्पनीको सेवामा कूल ८५ लाख नयाँ ग्राहक थप भएका छन् ।

यससँगै अब स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सको विश्वभर सब्सक्राइबर्स संख्या २० करोड ४० लाख पुगेको छ । गत वर्षभरमा कम्पनीको कूल ग्राहक संख्या तीन करोड ७० लाखले बढेको थियो ।

अघिल्लो वर्ष २०१९ को तुलनामा यो झन्डै एक करोडको वृद्धि हो । २०१९ मा सब्सक्राइबर्स संख्या २ करोड ८० लाखले बढेको थियो ।

कम्पनीले अन्तिम त्रैमासिक अवधिमा ६ अर्ब ६४ करोड डलर (७ खर्ब ७६ अर्ब ३० कराेड ६३ लाखभन्दा बढी) आम्दानी गरेको थियो भने प्रतिशेयर उसले १.१९ डलर कमाएको थियो ।

कम्पनीको आम्दानीको प्रतिवेदन सार्वजनिक हुनेबित्तिकै उसको शेयर १२.४ प्रतिशतले बढेको हो ।

यसैगरी नेटफ्लिक्सले यस वर्षको पहिलो त्रैमासिकमा ६० लाख नयाँ ग्राहक थप गर्ने प्रक्षेपण पनि गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३