close

पब्जी ग्लोबल च्याम्पियनशिपको फाइनलमा बिहीबार नेपाली टिम भिड्दै, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

माघ ७, २०७७ १८:१८

पब्जी ग्लोबल च्याम्पियनशिपको फाइनलमा बिहीबार नेपाली टिम भिड्दै, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप अन्तर्गत भोलि बिहीबारदेखि फाइनल चरणका खेल हुँदै छन् । ४ दिनसम्म हुने यो च्याम्पिनयशिपमा उपाधिका लागि नेपाली टिमले समेत प्रतिस्पर्धा गर्दै छ ।

इतिहासमै पहिलो पटक नेपाली टिम एबरप्ट स्लेयरले यति ठूलो प्रतियोगितामा उपाधिका लागि भिड्नेछ ।

नेपाली समयअनुसार दिउँसो ५ः४५ देखि सुरु हुने च्याम्पियनशिपको फाइनल फेसबुक, युट्युब, ट्वीच, निमो टिभी लगायतबाट प्रत्यक्ष हेर्न पाइनेछ ।

नेपाली भाषामा समेत लाइभ स्ट्रिमिङ हेर्न पाइने सुविधा छ । यूएईस्थित दुबईको कोकाकोला एरेनामा यो खेल आयोजना हुनेछ । यस च्याम्पियनशिपका लागि कुल पुरस्कार राशी २० लाख डलर रहेको छ ।

विश्वभरका २४ टिम सहभागी सुपर विकेण्ड चरणबाट नेपाली टोली अन्तिम चरणमा पुग्दा नेपाली पब्जीप्रेमी उत्साहित छन् । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियाे ।

चार विकेण्डको अवधिमा जम्मा ४५ खेल खेलेको टोलिले कूल ३१२ अ‌ंक बटुलेको थियो । जसमा किल प्वाइन्ट १३२ र प्लेस प्वाइन्ट १८० हात पारेको थियो ।

यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’को उपाधि हात पार्दै एबरप्ट स्लेयर ग्लोबल च्याम्पियनशिपका लागि छानिएको थियो । साे टिमले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ हात पारेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३