close

नेपाली बजारमा सामसङ एस २१ सिरिजको प्रि-बुकिङ शुक्रबारदेखि खुला गर्ने तयारी

टेकपाना टेकपाना

माघ ८, २०७७ १२:१०

नेपाली बजारमा सामसङ एस २१ सिरिजको प्रि-बुकिङ शुक्रबारदेखि खुला गर्ने तयारी

काठमाडौं । सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन एस २१ सिरिजका स्मार्टफोन नेपाल भित्र्याउने तयारी सुरु गरेको छ । विश्व बजारमा एक हप्ताअघि सार्वजनिक भएको उक्त फोन नेपाली बजारमा पनि भित्रिने भएको हो ।

हालसम्म प्राप्त जानकारी अनुसार एस २१ सिरिजको बुकिङ शुक्रबारदेखि खुल्ला हुन सक्ने अनुमान गरिएको छ । विश्व बजारमा भित्रिएको छोटो समयमा राम्रो प्रतिक्रिया बटुलेको उक्त फोनले नेपाली स्मार्टफोनको बजारमा नयाँ आयाम प्रदान गर्ने अपेक्षा गरिएको छ ।

फोनमा प्रयोग गरिएको अत्याधुनिक डिस्प्ले, उत्कृष्ट क्यामेरा सेटअप र आकर्षक डिजाइनका कारण पनि यो फोनले चर्चा बटुलेको हो । याे फाेन विभिन्न रंगमा बजारमा उपलब्ध हुनेछ ।

सामसङ नेपालले एस २१ सिरिजका स्मार्टफोन खरिद गर्न चाहने उपभोक्ताका लागि आकर्षक योजना सहित बुकिङ खुल्ला गर्नेछ । किनभने यसअघिका सिरिजमा पनि कम्पनीले ग्राहकलाई बुकिङमा विभिन्न उपहार योजना ल्याएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३