close

६० विषयमा हुने निःशुल्क सीपमूलक तालिमका लागि अनलाइन आवेदनको म्याद थप

टेकपाना टेकपाना

माघ १३, २०७७ १७:५७

६० विषयमा हुने निःशुल्क सीपमूलक तालिमका लागि अनलाइन आवेदनको म्याद थप

काठमाडौं । सरकारले सीपमूलक, सीप अभिवृद्धि तथा उद्यमशीलता विकास तालिम लिन इच्छुक व्यक्तिका लागि अनलाइन आवेदन मागकाे समय थपेकाे छ ।

गत महिना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिहरुबाट ६० भन्दा बढी तालिममा निःशुल्क सहभागी हुन अनलाइन आवेदन माग गरेको थियाे ।

अब आउँदाे माघ २५ गतेसम्म तालिमका लागि आवेदन पेश गर्न सकिन्छ । मितव्ययीता र मुलुकभरबाट सहजै आवेदन दिन सकियोस् भन्ने उद्देश्यका साथ अनलाइन आवेदनको व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ ।

साथै उक्त तालिम सञ्चालनका लागि केन्द्रले आवश्यक प्रशिक्षकको रोस्टर समेत तयार पार्ने भएको छ । त्यसका लागि योग्य व्यक्तिले सूचीमा समावेश हुन दरखास्त दिन सक्नेछन् ।

१८ वर्ष पुरा भएका नेपाली नागरिकले तालिममा सहभागी हुन पाउने छन् । त्यसका लागि यस अघि आधारभूत तालिम लिएको कागजात र कुनै पेशा वा व्यवसायमा आवद्ध भए त्यस्तो पेशा व्यवसाय स्तरोन्नती गर्ने व्यवसायिक योजना पेश गर्नुपर्नेछ ।

एक जनाले दुईभन्दा बढी तालिमको आवेदन दिन नपाउने केन्द्रले स्पष्ट पारेको छ । आवेदन दिनेमध्ये छनौट भएका प्रशिक्षार्थीहरुलाई वेबसाइट तथा ईमेलमार्फत तालिम सञ्चालन हुने समयावधी, स्थान, मिति र समयको जानकारी गराइने बताइएको छ ।

यस्तो छ निःशुल्क तालिमको विवरण

क्र.संतालिमको विषय तालिम अवधिछनौट हुने संख्या
1हाउस वायरिङ २ महिना ७५ जना
उद्यमशीलता विकास ७ दिन ६०० जना
खाद्य प्रशोधन१० दिन ७५ जना
बेसिक प्याट्रन सिलाई२ महिना १२० जना
एडभान्स प्याट्रन सिलाई २ महिना९० जना
फेसन डिजाइन २ महिना ६० जना
हाते इम्ब्रोइडयी २ महिना१०५ जना
भेर्सन इम्ब्रोइडरी २ महिना४५ जना
क्रिष्टल सामग्री उत्पादन१ महिना२१० जना
10 मखमल, ढाका जुत्ता, चप्पल उत्पादन१ महिना१२० जना
11 हातेकागज र फेल्ट उत्पादन१ महिना१२० जना
12 कागज वस्तु र स्क्रिन प्रिन्ट१ महिना४५ जना
13 रबर बोल्डिङ र रेजिनका वस्तु उत्पादन१५ दिन६० जना
14 बेकरी एड्भान्स १५ दिन२१० जना
15व्यूटिसियन (बेसिक)२ महिना२१० जना
16व्यूटिसियन (एड्भान्स)२ महिना९० जना
17डल बनाउने १ महिना४२० जना
18 प्लम्बिङ२ महिना१८० जना
19 मोबाइल मर्मत२ महिना२१० जना
20 मोटरसाइकल मर्मत२ महिना१५० जना
21 अटो मेकानिक (गाडी मर्मत ४ चक्के)२ महिना९० जना
22कम्प्युटर मर्मत-हार्डवेयर२ महिना१५० जना
23पानी तान्ने मेसिन (पम्प पर्मत तालिम)१ महिना९० जना
24 कफी वारिष्टा१५ दिन२७० जना
25बेकरी बेसिक१० दिन५१० जना
26जाम जेली सस१० दिन२१० जना
27आलु र केरा चिप्स७ दिन२१० जना
28बेद बाँसका सामग्री२ महिना९० जना
29 म्याक्रोनी बनाउने७ दिन२१० जना
30 रबर स्ट्याम्प साइनबोर्ड१ महिना१२० जना
31 शपिङ ब्याग बनाउने१५ दिन२१० जना
32स्कुल ब्याग बनाउने४५ दिन२१० जना
33झोल साबुन बनाउने७ दिन२१० जना
34डल्लो साबुन बनाउने७ दिन२१० जना
35 स्यानिटरी प्याड बनाउने१५ दिन२४० जना
36कफी प्रोसेसिङ१५ दिन६० जना
37 दालमोठ७ दिन२१० जना
38 पापड७ दिन२१० जना
39दाना पशुपन्छी१५ दिन२१० जना
40 ट्याक्टर मर्मत२ महिना६० जना
41 इन्डस्ट्रियल वायरिङ२ महिना६० जना
42बाटेको धुप७ दिन२१० जना
43पेपर प्लास्टिक प्लेट१५ दिन२१० जना
44वेल्डिङ१ महिना२१० जना
45 टायल मार्वल फिटिङ२ महिना९० जना
46 टिभी मर्मत२ महिना९० जना
47 अटो मोबाइल वायरिङ२ महिना९० जना
48फेस मास्क बनाउने७ दिन२४० जना
49 स्यानिटाइजर बनाउने७ दिन२४० जना
50फिनेल हार्पिक७ दिन४२० जना
51टिस्यु पेपर७ दिन१८० जना
52मायोनेज७ दिन२१० जना
53दुध प्रशोधन१ महिना१२० जना
54कर्नफ्लेक्स७ दिन२४० जना
55 मोटर वायन्डिङ१ महिना९० जना
56 केराको रेसा१ महिना२१० जना
57 हर्बल सामग्री१५ दिन२१० जना
58 सोलार जडान मर्मत१ महिना६० जना
59 फ्रिज एसी मर्मत२ महिना६० जना
60 यूपीभीसी तथा अल्मुनियम फेब्रिकेटर२ महिना९० जना

कसरी दिने आवेदन ?

तालिममा सहभागी हुन अनलाइन आवेदन दिनु अघि आफ्नो नेपाली नागरिकता, पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, सीप अभिवृद्धि तालिमका लागि आधारभूत तालिम लिएको प्रमाणपत्र, लक्षित समूहमा पर्ने भन्ने खुल्ने कागजात र व्यवसायीक योजना साथमा राख्नुहोस् ।

१. अनलाइन आवेदन दिन यहाँ क्लिक गरी तल दायाँतर्फ रहेको रजिस्टर बटनमा दबाउनुहोस् ।

२. त्यसपछि ‘आई असेप्ट द युजर अग्रिमेन्ट’ मा क्लिक गर्नुहोस् ।

३. आफ्नो नाम, ईमेल, पासवर्ड राखेर ‘आई असेप्ट’ र ‘आई एम नट रोबोट’ मा क्लिक गर्नुहोस् अनि ‘दर्ता गर्नुहोस्’ मा जानुहोस् ।

४. तीन मिनेट पछि आफ्नो ईमेल चेक गर्नुहोस् । ईमेलमा आएको ‘भेरिफाई योर ईमेल एड्रेस’ लिङ्कमा क्लिक गर्नुहोस् र भर्खरै राखेको ईमेल र पासवर्ड राखेर लगईन गरी फारम भर्नुहोस् ।

यो ईमेल र पासवर्ड आफूसँग सुरक्षित राख्न पनि नबिर्सिनुहोस् । यसबाट तपाईंले सूचना अवधिभर आफ्नो विवरण हेर्न, प्रिन्ट गर्न तथा अपडेट गर्न पनि सक्नुहुनेछ ।

५. फारममा व्यक्तिगत, तालिम, शैक्षिक, अनुभव लगायतका सम्पूर्ण विवरण अनिवार्य रुपमा भर्नुहोस् र आवश्यक कागजात समेत अपलोड गर्नुहोस् ।

६. यति गरिसकेपछि निवेदन तथा दरखास्त खण्डमा क्लिक गर्नुहोस् र थप विवरणभरेर अप्लाईमा क्लिक गर्नुहोस् । व्यवसायिक योजनाका लागि अपलोड गर्ने वा अनलाइनमै टाइप गर्ने दुवै सुविधा उपलब्ध छन् ।

७. आवेदन भरिसकेपछि प्रवेशपत्र प्रिन्ट गरेर राख्नुहोस् । केन्द्रले तालिमका लागि छनौट भए नभएको सूचना आफ्नो वेबसाइटमा प्रकाशन गरी तालिम केन्द्र तोकिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४