close

पब्जी जस्तै रोयल ब्याटल गेम, जुन थोरै स्पेस भएका मोबाइलमा खेल्न सकिन्छ

टेकपाना टेकपाना

माघ १९, २०७७ ८:९

पब्जी जस्तै रोयल ब्याटल गेम, जुन थोरै स्पेस भएका मोबाइलमा खेल्न सकिन्छ

काठमाडौं । पछिल्लो समय युवापुस्ताले रुचाएको गेम हो, पब्जी मोबाइल । याे गेम विकास भएपछि रोयल ब्याटल गेमको स्तर धेरैमाथि उक्लिएकाे छ । तर यो गेम सबैले खेल्न सक्दैनन् ।

यसको एउटा कारण हो, फाेन वा डिभाइसमा कम स्पेस । थोरै स्टोरेज भएको वा सस्तो मोबाइल बोक्ने प्रयोगकर्ताका लागि पब्जी सही विकल्प नहुन सक्छ ।

तर बजारमा पब्जी जस्तै रोयल ब्याटल गेमहरु धेरै छन् । यी गेमहरु थोरै साइजका भएकाले फाेनमा थोरै स्पेस हुँदा पनि मज्जाले खेल्न सकिन्छ ।

आउनुहोस् आज हामी एन्ड्रोइड फोनका लागि पब्जी जस्तै रोयल ब्याटल फिचर भएका ५ चर्चित गेमको कुरा गरौं, जुन लाे-इन्ड डिभाइस (पुरानाे अपरेटिङ सिस्टम, थाेरै मेमाेरी वा स्पेस र सस्ताे मूल्य भएकाे) फाेनमा पनि खेल्न सकिन्छ ।

१. स्कारफल : द राेयल कम्ब्याट
(ScarFall: The Royale Combat)

Image via GameScott (YouTube)

पब्जी मोबाइलजस्तै यो गेम पनि रोयल ब्याटल गेम हो, जसले प्लेयरहरूलाई विभिन्न स्किनसहित क्यारेक्टर कस्टमाइज गर्ने सुविधा दिन्छ । यो गेम अफलाइन मोडमा खेल्न सकिन्छ ।

यो गेममा प्लेयर आफू तीनपटसम्म मर्दा पनि पुनर्जन्म लिएर अन्तिम अवस्थासम्म लड्न सक्छ । सर्भाइभ गर्नका लागि प्लेयरसँग राइफलदेखि मेशिनगनसम्मका हतियार उपलब्ध गराइन्छ ।

गेमकाे साइज : ३५३ एमबी

डाउनलाेडका लागि यहाँ क्लिक गर्नुहाेस्

२. ब्याटल रोयल थ्रिडी – वारियर ६३
(Battle Royale 3D – Warrior63)

Image via perezzdb channel (YouTube)

यो ब्याटल रोयल गेमले पनि लो इन्ड डिभाइसमा चल्छ । यो गेमले प्लेयरहरुलाई धेरै भेइकल (सवारी साधन) प्रदान गर्छ र यसको प्रयोग गरेर प्लेयर ४ किलोमिटरसम्म ट्राभल गर्न सक्छ ।

पब्जी गेम जस्तै यो गेम पनि शुटिङ र सर्भाइभलसँग सम्बन्धित छ । प्लेयरले यो गेममा बोटदेखि कारसम्मका भेइकल प्रयोग गर्न पाउँछन्, जुन १५ मिनेटसम्मको हुनेछ ।

गेमकाे साइज : ९९ एमबी

डाउनलाेडका लागि यहाँ क्लिक गर्नुहाेस्

३.ब्लड राइभल्स सर्भाइभल ब्याटलग्राउन्ड एफपीएस शुटर
(Blood Rivals – Survival Battleground FPS Shooter)

Image via AnonymousYT (YouTube)

यो गेम पनि पब्जी मोबाइलका धेरै कुरासँग मिल्दोजुल्दो छ । प्लेयरले स्किन र एक्सेसेरिजको आधारमा क्यारेक्टरलाई कस्टमाइज गर्न सक्छन् ।

प्लेयरहरुले सेफ जोनमा पुग्नका लाग हाई स्पीड रेल र अन्य सवारी साधनहरूमा हप गर्न सक्छन् । यो गेम केही विवादमा आएपनि रुचाइएको गेममा पर्छ ।

गेमकाे साइज : १९२ एमबी

याे गेम डाउनलाेडका लागि यहाँ क्लिक गर्नुहाेस्

४. राेयल ब्याटल सर्भाइभर (Royale Battle Survivor)

Image via Android Games (YouTube)

यो गेममा जब प्लेयरहरु रणभूमिमा उत्रिन्छन्, शक्तिशाली हतियारहरु सप्लाई गर्न र प्रयोग गर्न सकिन्छ । खेलमा हतियारको राम्रो संग्रह छ।

प्लेयरहरुले गेममा ट्राभलको बेला धेरै सवारीसाधन प्रयोग गर्न सक्छन् । गुगल प्ले स्टोरमा यो गेमको रेटिङ ४.१ छ ।

गेमकाे साइज : ९९ एमबी

गेम डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

५. द लास्ट स्ट्यान्ड ब्याटल राेयल विथ जुम्बी
(The Last Stand: Battle Royale with Zombie)

Image via Google Play Games (YouTube)

पब्जी गेममा यदि प्लेयरले जुम्बी माेड खेलेका छन् भने पक्कै पनि याे गेम उनीहरूले मन पराउँछन् । याे गेममा साथीहरूसँग अनलाइन कनेक्ट हुँदै मज्जा लिन सकिन्छ ।

यसमा कम्ब्याट सिस्टम र कार्टुनिस ग्राफिक्स भएकाले धेरैले मन पराएका छन् । गेमका लागि प्लेयरसँग प्रशस्त हतियार समेत उपलब्ध छ ।

गेमकाे साइज : २४४ एमबी

गेम डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

माथि दिइएका बाहेक अरू पनि राम्रा ब्याटल राेयल गेम हुन सक्छन् । तपाईं आफूलाई मनपर्ने गेम डाउनलोड गरी खेल्न सक्नहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१